गुणकारी फल अनार

हेल्थ टिभी अनलाइन : एक कप अनारको दानाबाट, ७ ग्राम फाइबर, ३ ग्राम प्रोटिन, दैनिक आवश्यकताको ३० प्रतिशत भिटामिन सी, ३६ प्रतिशत भिटामिन के, १६ प्रतिशत चिल्लो पदार्थ, १२ प्रतिशत पोटासियम पाइन्छ।
नियमित अनार खाँदा शरीरमा रगतको मात्रा बढ्छ । अनारमा पाइने एन्टिअक्सिडेन्टले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । त्यसैले, मधुमेहका बिरामीका लागि अनार लाभदायक छ।
अनारको जुसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ। यसले रगत पातलो बनाउनुका साथै रक्तबाहिनी नलीमा हुने सुजनसमेत कम गर्छ।
यसले शरीरमा हुने विकारयुक्त वस्तु बाहिर निकाल्न सहयोग गर्छ। साथै, प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँछ।
पाचन प्रणाली राम्रो बनाउनुका साथै रगतमा डब्लुबिसीको मात्रा पनि बढाउँछ । अनारमा पाइने सेच्युरेटेड एसिडका कारण तौल कम गर्न सहयोग गर्छ।
अनारमा भिटामिन, मिनरल, फ्लोरिक एसिड, पोटासियम प्रचुर मात्रामा पाइन्छ । त्यसैले गर्भवती महिलाले अनार खानु झनै फाइदाजनक हुन्छ। यसका साथै, अनारले महिलामा स्तन क्यान्सरको सम्भावनासमेत कम गर्छ।
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights
नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न