महिनावारीका वेला किशोरीहरूले ध्यान दिनुपर्ने कुरा

हेल्थ टिभी अनलाइन : किशोरी अवस्थामा शारीरिक परिवर्तनसँगै मासिकश्राव पनि सुरु हुन्छ। यो प्रक्रिया कसैलाई ९, १० वर्षकै उमेरमा पनि हुन्छ। कसैलाई १३, १४ वर्षको उमेरमा पनि हुनसक्छ।
मासिक श्राव हुने वेला अधिकांशको उमेर परिपक्व नभइसक्ने हुनाले समस्या आउँछ। धेरैजसो किशोरी यो वेला आत्तिन्छन्। त्यसैले आमा, दिदी र भाउजुले मासिकश्रावका बारेमा राम्रो ज्ञान दिनुपर्छ।
के हो मासिकश्राव ?
मासिकश्राव एक शारीरिक प्रक्रिया हो। यो उमेर पुगेपछि हरेक महिलामा हुन्छ। सामान्यतया मासिकश्राव २८ दिनको चक्रमा हुन्छ। दुई्तीन दिन अघि वा दुई्तीन दिन पछि पनि हुन सक्छ।
मासिक श्रावको बेला यौनाङ्गबाट रगत बग्छ। यो तीनदेखि पाँच दिनसम्म रहन्छ। दोस्रो वा तेस्रो दिन बढी रगत प्रवाह हुन्छ। यो समयमा कतिपय महिलालाई पेट तथा कम्मर दुख्ने समस्या पनि आउँछ। त्यसैले यो बेला बढी आराम चाहिन्छ ।
ध्यान दिनुस यी कुरामा
यो वेला यौनाङ्गको सफाइमा सचेत हुनुपर्छ। मासिकश्रावको वेला यौनाङ्गमा संक्रमणको भय हुने भएकाले पनि सामन्य दिनमा भन्दा बढी यस समयमा सरसफाई गर्नुपर्छ।
मासिकश्रावअघि स्यानिटरी प्याड वा सफा कपडाको जोहो गर्नुपर्छ। यो बढीमा ४ देखि ६ घण्टामा फेर्नुपर्छ। लामो समयसम्म एउटै प्याड प्रयोग गर्दा त्यसमा ब्याक्टेरिया फैलिने सम्भावना हुन्छ। कति मात्रामा रक्तश्राव हुन्छ त्यस अनुसार पनि छिटो प्याड फेर्न सकिन्छ ।
मासिक श्रावको बेला शरीरमा आइरनको कमी हुन्छ। त्यसैले आइरनयुक्त खानेकुरा खानुपर्छ। त्यससँगै सन्तुलित खानेकुरा सेवन गर्नुपर्छ।
मासिक श्रावको बेला यौनाङ्गमा पाउडर, क्रिमजस्ता वस्तुको प्रयोग गर्नु हुँदैन।
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights
नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न