Health TV Online
Health TV Online
Health TV Online

ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?

ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?

हेल्थ टिभी अनलाइन : मसला र औषधिका रूपमा ल्वाङको प्रयोग धेरै अघिदेखि हुँदै आएको छ। ल्वाङमा धेरै औषधीय गुण छन्। यसले सानातिना स्वास्थ्य समस्यामा लाभ पुर्याउँछ।

–मुखमा घाउ भएको भने दुईतीनटा ल्वाङ हल्का भुटेर मुखमा राख्ने र चुस्ने। ८–१० गोटा ल्वाङ पिसेर नरिवल तेलमा मिसाउने र मसाज गर्ने गर्दा टाउको दुखाइबाट राहत पाउन सकिन्छ।

–एक लिटर पानीमा ८–१० गोटा ल्वाङका राखेर पानी उमाल्ने। पानी मनतातो भइसकेपछि पिउँदा रुघा र ज्वरो आएको मानिसलाई फाइदा पुर्याउँछ।

– पेटमा जुका परेको छ भने ३–४ गोटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाउने र केही दिनसम्म खाने गर्नाले राहत पाउन सकिन्छ।

–एक कप उमलिएको पानीमा दुइटा ल्वाङ पिसेर हाल्ने, पानी चिसो भएपछि पिउने गर्दा पेटमा ग्यासको समस्याबाट राहत मिल्छ।

–गर्धन दुखेको समस्यामा तोरीको तेलमा केही वटा ल्वाङका पिसेर मिसाउने र गर्धनका मसाज गर्दा दुखाइ अन्त्य हुन्छ।

–दाँत दुखेमा दुई तीनवटा ल्वाङ पिसेर एक चम्चा कागतीको रसमा मिसाउने र यो मिश्रण दाँतमा घस्ने गर्दा राहत पाइन्छ।

–दुई तीनवटा ल्वाङसँग एउटा सुकुमेल चपाउने गर्दा सास गन्हाउने समस्याबाट मुक्ति पाइन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर

जाडोमा ‘लेमन टी’

जाडोमा ‘लेमन टी’