अत्यधिक गर्मीले स्वास्थ्यमा असर, बच्न के गर्ने ?

हेल्थ टिभी अनलाइन : यतिबेला तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण जनजीवन नै प्रभावित भएको छ । अत्यधिक गर्मी हुँदा स्वास्थ्यमा निकै असरहरु पर्ने विज्ञहरुको भनाई छ ।
गर्मीमा पसिना धेरै जाने हुँदा शरीरमा पानीको मात्रा कम हुन जान्छ । जसले गर्दा डिहाइड्रेसनको समस्या देखिन्छ । त्यसबाट जोगिन प्रशस्त पानी पिउनुपर्ने चिकित्सकको सुझाव छ । यो बेला तातो हावा लु पनि चल्ने हुन्छ । लु बाट जोगिन दिउँसो घरबाट बाहिर ननिस्कने, निस्कनै परेमा छाता ओढेर , फुल बाउला कपडा लगाएर तथा टाउको छोपेर मात्र निस्कनुपर्छ ।
यसैगरी शरीरलाई शितलता प्रदान गर्ने फलफूलहरु जस्तै काँक्रा, खरबुजा, तरबुजा, उखुको रस, नरिवल पानी आदीको प्रयोग फाइदाजनक हुन्छ । दही, मही खान सकिन्छ । बाहिर बजारमा बेच्न राखेका अत्यधिक सुगर भएका कोल्ड ड्रिक्स नखानु नै राम्रो, त्यसले उल्टो हानी पुराउँछ ।
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै