बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

हेल्थ टिभी अनलाइन : हामी नेपालीहरूमा बच्चालाई तेल लगाएर मसाज गरिदिने चलन छ। आगोमा सेकेर वा घाममा बच्चालाई तेल लगाउँदा फाइदा गर्ने विश्वास गरिन्छ। वैज्ञानिक दृष्टिकोणबाट के महत्व छ त साना शिशुहरूलाई गरिने मसाजको ?
नियमित रूपले मसाज गर्दा बच्चालाई रोग लाग्ने सम्भावना कम हुन्छ।
शरीरको विकासमा पनि यसले महत्त्वपूर्ण भूमिका खेल्छ।
मसाज राम्रो व्यायाम पनि हो। यसले बच्चालाई भावनात्मक सुरक्षा पनि मिल्छ।
राम्रो तेलले मसाज गर्दा बच्चालाई आराम र खुशी मिल्छ। उनीहरूलार्इ राम्ररी निन्द्रा पनि लाग्छ।
मसाज गर्नुअघि ध्यान दिनुपर्ने कुरा
मसाजको समय सफाइको ख्याल राख्नुपर्छ।
यदि बच्चाले भर्खर दूध पिएको छ वा पेट भरिएको छ भने मसाज गरिहाल्नु हुँदैन।
मसाज गरिसकेपछि जाडो मौसममा तातोपानी र गर्मीमा सामान्य पानीले नुहाइदिनु राम्रो हुन्छ।
तीन्चार महिनाको बच्चालाई नुहाइदिनुअघि उसको सबै अंगमा ‘बेबी आयल’ले मसाज गरिदिनुपर्छ ।
कसरी गर्ने मसाज ?
बच्चालाई मसाज गर्दा दाहिने गोडाबाट शुरु गर्नुपर्छ।
शिशुको खुट्टालाई दुवै हातको बिचमा दबाएर रगड्नुपर्छ।
मसाज गर्नेको हात चिसो हुनुहुँदैन।
बच्चाहरूको अंग कोमल हुने हुनाले हल्का ढंगले मसाज गरिदिनुपर्छ।
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै