यस्तो छ विरेनुनको औषधीय गुण

हेल्थ टिभी अनलाइन : उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण रूपमा सफा गरेर विरेनुन तयार पारिएको हुन्छ। विरेनुनमा प्रशस्त मात्रामा सल्फर, आइरनलगायत शरीरलाई आवश्यक खनिज तत्त्व हुन्छन्।
खानामा सोझै प्रयोग गर्न सकिन्छ। यसलाई पानीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ। औषधिका लागि विरेनुनलाई धेरै तरिकाले पनि प्रयोग गर्न सकिन्छ।
विरेनुनले पेटमा भएका विषाक्त तत्त्वलाई बाहिर निकाल्छ। जसले गर्दा ग्यास्ट्रिक, कब्जियत, अम्लीयपनलगायत समस्याबाट छुटकारा मिल्छ । यसरी विरेनुनले पेटलाई स्वस्थ र सशक्त राख्ने काम गर्छ। खाना पचाउनमा यसको महत्त्वपूर्ण भूमिका हुन्छ।
यसका कारण मोटोपना, खराब कोलस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ। त्यस्तै, यसको सेवनले मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, रक्तअल्पता ९एनिमिया०, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्यालाई पनि नियन्त्रण गर्नमा भूमिका खेल्छ।
विरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाई नियन्त्रणमा राख्छ। यसमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई पनि लाभदायक हुन्छ।
यसले धातुबाट हुने असरबाटसमेत बचाउँछ। त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ। यसको सेवनले कुष्ठरोग, दाद वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ।
दाँत, गिजा, जिब्रो, घाँटी आदिमा समस्या उत्पन्न भएमा तोरीको तेलमा विरेनुनको मिश्रण गरी सफा गर्न सकिन्छ। यसले दाँतलाई चम्किलो बनाउनुका साथै मुखसम्बन्धी अन्य समस्याबाट पनि मुक्त हुन सहज हुन्छ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै