महिनावारीका बेला कस्तो खानेकुरा खाने ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : महिनावारीे एउटा सामान्य प्राकृतिक प्रक्रिया हाे । जसलाई शारीरिक परिवर्तनको रुपमा पनि लिइन्छ। याे हाम्रो शरीरमा हुने हर्मोनहरुको मात्रामा आउने परिवर्तनका कारण हुने गर्दछ। याे सामान्यतया २८ दिनमा हुने गर्दछ। १२ र १३ वर्ष देखि ४५ वर्षसम्मका महिलालाई महिनावारी हुने गर्दछ।
महिलाको शरीरमा रहेको ओभरीले आएस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन रिलिज गर्ने गर्दछ जसले गर्दा ओभरीमा रगतमो मात्रा कम हुने गर्दछ र त्यसका मांसपेशीहरु खुम्चिने गर्दछ। यस कारण तल्लो पेटमा दुखाई महसुस हुने गर्दछ। कोहीलाई यो दुखाई एकदम धेरै महसुस हुन्छ भने कसैलाई सामान्य हुन्छ। महिनावारीका बेला चिड्चिडाहट हुने, कम्मर दुख्ने, टाउको दुख्ने, पेट दुख्ने आदि जस्ता कुरा सामान्य रुपमा लिन सकिन्छ। यसैगरी महिनावारीका बेला हामीले खाने खानाले पनि अहम भूमिका निर्वाह गर्ने हुनाले खाने कुराहरु चयन गर्दा ध्यान पुर्याउनु पर्दछ। यसबाट हुने दुखाईलाई कम गर्न आफ्नो डाइटमा केही कुराहरु समावेश गर्न सकिन्छ।
हरियो सागपात र फलफूलः महिनावारी हुँदा शरीरबाट रगत बग्ने गर्दछ। जसकारण शरीरमा आइरनको कमी हुने गर्छ। त्यसैले हरियो सागपातमा आइरनको मात्रा बढि भएको हुने हुँदा यो सेवन गर्नु उपयुक्त हुन्छ। त्यसै गरी ताजा फलफूलको सेवन गर्नु पनि फाइदाजनक मानिन्छ। विशेष गरी केरा,भुईकटर, किवी आदि। यी फलफूलहरुमा भिटामिन, पोटासियम र फाइबरको मात्रा बढि हुनेभएकाले यसको सेवन गर्दा उपयुक्त हुन्छ।
अण्डा र माछा मासु : अण्डामा भिटामिन बी ६, भिटामिन ई, र भिटामिन डी र प्रोटिनको मात्रा बढि हुने हुदाँ यसले महिनावारीबाट हुने दुखाइलाई सहन मद्दत गर्छ। त्यसैगरी कखुराको मासु र माछामा पनि प्रोटिनको मात्रा बढि हुदाँ यो सेवन गर्दा फाईदाजनक हुन्छ।
डार्क चक्लेटः महिनावारीको बेला डार्क चक्लेट खानु उपयुक्त रहेको पाइएको छ। डार्क चक्लेटमा म्याग्नेसियम,कपर र फाइबरको मात्रा बढी हुन्छ जसको सेवन गर्दा दुखाइमा सहजता पुर्याउन मद्दत गर्दछ। अन्य खाने कुराहरु जस्तै बदाम, गेडागुडिहरु प्रशस्त मात्रामा खाँदा फाइदा हुने देखिन्छ। त्यसैगरी महिनावारी हुदाँ खानै नहुने कुराहरु जस्तै दुध राखेको चिया, कफी, जंक फूड, रेड मिट, मदिरा आदि हुन्। सकेसम्म चिनीजन्य खाने कुराहरु पनि नखाएको राम्रो मानिन्छ। यसले शरीरमा झनै जटिलता बढाउने काम गर्दछ। महिनावारी हुँदा शरीरलाई अत्यन्तै भिटामिन युक्त खाने कुराको आवश्यकता पर्दछ। त्यसैले भिटामिन युक्त खाने कुराहरु मात्र खान उचित हुन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights