उच्च रक्तचापबाट बच्न के गर्ने ? यस्ता छन् डा मुकुन्दका १० सल्लाह

डा. मुकुन्द शर्मा
उच्च रक्तचप अहिले घर घरको समस्या भएको छ । पछिल्लो केही वर्ष यता यो समस्या नेपालमा तीब्र रुपमा बढिरहेको छ । अझ ठूलो चिन्ताको विषय त युवा उमेरमा उच्च रक्तचाप र यसले निम्त्याउने ह्दयघात, मष्तिष्कघात, मिर्गौला रोग जस्ता समस्या बढिरहेका छन्। भागदौड र प्रतिस्पर्धात्मक जीवन, अस्वस्थकर खानपान, शारीरिक व्यायामको कमी तथा धुम्रपान र मद्यपानको सेवनका कारण उच्च रक्तचापको समस्या बढिरहेको छ । यसलाई बढाउने ५ \६ वटा कारण प्रमुख मानिन्छन्।
धुम्रपान तथा मद्यपानको सेवन
शारीरिक व्यायामको कमी
अत्यधिक तनाव
जंकफुडको बढी प्रयोग
माेटाेपन
बढ्दो आधुनिकीकरणसँगै घरघरसम्म यायायातको सुविधा पुगेको छ । फास्टफुड त अर्डर गर्ने बित्तिकै घरमै आइपुग्छ । यसले पनि मानिसलाई हिंडडुल गर्नबाट अल्छी बनाएको छ । जसले गर्दा शारीरिक अभ्यास नै पुग्दैन । अर्को कुरा करिअर बनाउने नाममा युवाहरु यति धेरै स्ट्रेसमा हुन्छन् जसले भित्र भित्र उच्च रक्तचाप बढाइरहेको हुन्छ । तर व्यक्तिलाई आफू स्वस्थ नै छु भन्ने लागिरहेको हुनसक्छ । त्यसो त उच्च रक्तचाप भएकामध्ये आधा भन्दा बढीलाई आफूलाई उच्च रक्तचाप छ भन्ने थाहा समेत हुँदैन । यसले ठूलो असर गरेपछि मात्र थाहा हुन्छ ।
नेपालमा एक अध्ययन अनुसार ४७ लाखभन्दा बढी मानिसलाई उच्च रक्तचापको समस्या भएको अनुमान गरिएको छ । ती मध्ये ४ लाख मानिस मात्र उपचारमा आएको पाइएको छ । त्यसैले धेरै जना म ठिक छु भनेर बसेको पाइन्छ । जसका कारण अहिले अस्पतालमा युवा अवस्थामै ह्दयघात भएर आउने युवाहरुको संख्या बढिरहेको छ जुन हामी प्रत्येक दिन जसो हेछौं । मुटुरोग लगायत अन्य जटिल रोग निम्त्याउने उच्च रक्तचाप नियन्त्रण गर्न हामी सबैले गर्ने पर्ने यी १० कुरा :
१. धुम्रपान तथा मद्यपानको सेवन नगर्ने
२. दिनमा कम्तीमा पनि आधा घण्टा शारीरिक व्यायाम गर्ने
३. नुन चिनीको मात्रा कम गर्ने
४. चिल्लो, भुटेको तारेको खानेकुरा नखाने
५. तनाव कम गर्ने
६. सुगर बढी भए नियन्त्रण गर्ने
७. माेटाेपन हुन नदिने
८. रातो र बोसोयुक्त मासु कम खाने
९. हरिया सागसब्जी तथा फलफूलको नियमित प्रयोग गर्ने
१०. नियमित स्वास्थ्य परीक्षण गर्ने
पछि गएर जटिल समस्या निम्त्याउने उच्च रक्तचाप नियन्त्रणका लागि बेलैमा ध्यान नपुराउने हो भने यसले मुटु, मिर्गौला, रक्तनली सम्बन्धी दीर्घ रोग निम्त्याउने हुँदा समयमै यसकोबारेमा जान्न र यसबाट बच्ने उपायहरु अपनाउन पर्ने बेला आइसकेको छ ।
(कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. मुकुन्द शर्मा ह्याम्स अस्पतालमा कार्यरत छन् ।)
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights