चुरोट छोड्न खोजिरहनु भएको छ ? यसरी छोड्न सकिन्छ

हेल्थ टिभी अनलाइन : धेरैलाई चुरोटले हाम्रो स्वास्थ्यमा असर गर्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि यसको सेवन गरेको पाइन्छ । यसको लत एकपटक लागेपछि चटक्कै छोड्न निकै गाह्रो हुने चिकित्सकहरु बताउँछन्।
धेरैले चाहेर पनि चुरोटको सेवन छोड्न सकिरहेका हुँदैनन्। चुरोटको सेवन छोड्ने धेरै तरिकामध्ये आफूलाई लाग्ने एक तरिका अपनाउनु जरुरी हुन्छ । यसको लागि समय मिलाएर एउटा योजना बनाउन आवश्यक हुन्छ । जस्तैः चुरोटको परित्याग गर्ने कुनै एक दिन निश्चय गरी यसको सेवन पूर्णरुपमा बन्द गर्न सक्नुपर्छ। यसका लागि नयाँ वर्ष, जन्म दिन या कुनै पर्व रोज्न सकिन्छ।
यस्तै चुरोट छोड्नका लागि परिवार र आफन्तको पनि सहयोग लिन सकिन्छ । चुरोट छोड्ने बेला पुन खान मन लागेमा के गर्ने भन्ने विकल्पको बारेमा पनि सोच्न जरूरी हुन्छ । जस्तै यस्तो बेलामा चुरोटको सट्टा चकलेट, चुइंगम, ल्वाङ, सुकमेल मुखमा राख्न सकिन्छ । चुरोट छोड्ने बेलामा एउटा मात्रै त हो नि भन्ने विचार मनमा आउन दिनुहुँदैन । एउटा मात्र भन्दा फेरि पहिले जस्तै लत बस्न सक्छ । आफूलाई काममा ब्यस्त राखेर पनि यसतर्फको ध्यान हटाउन सकिन्छ ।
चुरोट सेवन गर्ने ब्यक्तिहरुको संगत सकेसम्म नगरेमा सजिलो हुन्छ । यदि सेवन गर्ने ब्यक्ति छन भने आफनो अगाडी सेवन नगर्न आग्रह गर्नुपर्छ । राती चाँडै सुत्दा चुरोटकोवारेमा कम सोचिन्छ । आराम गर्ने संगीत सुन्ने र मानसिक तनाव कम गर्ने । शुरुको एक साता अलि अप्ठेरो भए पनि बिस्तारै यसलाई भुल्न सकिन्छ । चुरोट छोडेको कुरा सबैलाई भन्न जरुरी छ यसले फेरी शुरु गर्नबाट रोक्न मद्धत गर्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights