यस्ता व्यक्ति हुन्छन् मिर्गौला रोगको जोखिममा
मिर्गौला रोगको शुरुवाती चरणमा कुनै लक्षण देखिँदैन। अन्तिम अवस्थामा मात्रै विभिन्न लक्षण देखिने भएकाले वर्षको एकपटक पिसाबमा प्रोटिन र रगतमा ‘क्रियटिनिन’ परीक्षण गर्नुपर्छ।
यस्ता व्यक्ति मिर्गौला रोगकाे जोखिममा
धूमपान–मद्यपानको आदत भएका, ३० वर्ष उमेर पुगेका, उच्च रक्तचाप भएका, मधुमेह भएका, मिर्गौलासम्बन्धी कुनै रोग लागेका, नियमित कुनै दुखाइ कम गर्ने औषधि खाने व्यक्ति, परिवारमा कसैलाई मिर्गौलासम्बन्धी रोग भएका व्यक्ति, यसैगरी मोटोपना भएका साथै व्यायाम नगर्ने व्यक्तिहरू यो रोगको बढी जोखिममा हुन्छन्। यी समूहमा पर्ने व्यक्तिहरू सचेत हुन जरुरी छ।
मिर्गौला रोग लागिसकेपछि उपचारमा अत्यधिक खर्च हुने मात्रै होइन परिवारलाई समेत गाह्रो हुन्छ। यसको विकल्प भनेको संसारभर नै ‘डाइलाइसिस’ र प्रत्यारोपण मात्रै हो। यो दुवै उपचार खर्चिलो र झञ्झटिलो छ। त्यसैले रोग देखिन्छ कि भनेर जाँच गर्न डराउनु हुँदैन। शुरुकै अवस्थामा पत्ता लागेमा औषधिले पनि मिर्गौला बचाउन सकिन्छ।
मिर्गौला स्वस्थ राख्न के गर्ने ?
मिर्गौला स्वस्थ राख्नका लागि हामी सबैले एक गिलास सफा पानी पिएर दिनको सुरुआत गर्नुपर्छ। एक दिनमा कम्तीमा तीन लिटर पानी पिउनुपर्छ। यो स्थान र व्यक्तिमा भर पर्छ धेरै गर्मी हुने ठाउँमा बढी पनि पिउन सकिन्छ। याद गरौँ, मिर्गौला रोग लागिसकेपछि पानी खान्छु भने पनि पाइँदैन।
यसका साथै मिर्गौला बिगार्ने प्रमुख रोगहरू मधुमेह र उच्च रक्तचापलाई सन्तुलनमा राख्नुपर्छ। नियमित चिकित्सकलाई भेटी मधुमेह सन्तुलनमा भए नभएको सल्लाह लिनुपर्छ। यसैगरी दिनमा एक हजार पाइला हिँड्ने गर्नुपर्छ। योगा, ध्यान जस्ता शरीर र मन दुवै स्फुर्त राख्ने किसिमका व्यायाम गर्दा पनि यो रोग मात्र होइन अन्य नसर्ने र जीवनशैलीसँग सम्बन्धित रोगबाट बच्न सकिन्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा मिर्गौला रोगको लक्षण कुरेर नबसौँ। वर्षमा एक पटक पिसाबमा प्रोटिन र रगतमा क्रियटिनिन जाँच गरौँ र यसो गरेमा रोग भए पनि शुरुकै अवस्थामा पत्ता लाग्छ र उपचार सहज हुन्छ। समस्या नदेखिएमा आफू स्वस्थ छु भनेर ढुक्क हुन्छ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा