Health TV Online
Health TV Online
Health TV Online

टाउको दुख्नु घातक रोगको संकेत हुन सक्छ : डा. रागेश कर्ण

टाउको दुख्नु घातक रोगको संकेत हुन सक्छ  : डा. रागेश कर्ण

टाउको नदुख्ने मानिस कमै होलान् । विभिन्न कारणले मानिसको जीवनकालभरमा टाउको दुखेकै हुन्छ । टाउको दुखाइलाई तपाईँ हामी सामान्य रूपमा लिन्छौँ तर, याे सधैँभरि सामान्य नभई घातक रोगको लक्षण पनि हुनसक्छ ।

के हो टाउको दुखाइ ?

आँखाको माथिल्लो भाग वरिपरीको दुखाइलाई टाउको दुखेको भनिन्छ । टाउको दुखाइ विभिन्न कारणले हुन्छ । कहिलेकाहीँ टाउको दुखाइ अति सामान्य कारणले हुन सक्छ भने कहिलेकाहीँ धेरै नै घातक रोगका कारण पनि टाउको दुखेको हुनसक्छ जुन आम मानिसले याद गर्दैनन् । समय बित्दै गर्दा बिरामीको अंगभंग वा मृत्युसमेत हुनसक्छ ।

टाउको दुखाइका कारण–

अति सामान्य कारण 

कहिलेकाहीँ तनावका कारण, निद्रा नपुगेका कारण, थकानले गर्दा पनि टाउको दुख्छ । जुन दुखाइ घरमै सामान्य आराम गर्ने, पानी प्रशस्त खाने गर्नाले आफैँ निको हुन्छ । यसका लागि औषधिको आवश्यकता पर्दैन ।

सामान्य कारण 

शरीरमा भएको कुनै रोगका कारण हुने टाउको दुखाइलाई सामान्य टाउको दुखाइ भनिन्छ जुन सामान्य उपचार पछि निको भएर जान्छ । जस्तै कसैलाई माइग्रेनका कारण टाउको दुख्ने हुन्छ, कसैलाई आँखा कमजोर भएर पनि टाउको दुखिरहेको हुनसक्छ । यस्तै डिप्रेसन, पिनास उच्च रक्तचाप जस्ता कारणले पनि टाउको दुख्छ । यस्तो प्रकारको टाउको दुखाइलाई औषधि माध्यमबाट निको पार्न सकिन्छ ।

घातक कारण 

घातक कारणले टाउको दुख्दा बिरामीलाई असह्य पीडा हुन्छ । यस्ता कारणहरुको बेवास्ता गरिए ज्यानै जान सक्छ । यो कम हुने भए पनि यसका कारण अत्यन्त घातक हुने भएकाले यसको उपचार यथासम्भव चाँडो हुनु जरुरी छ ।
जस्तै–  ब्रेन ट्युमर, मस्तिष्क ज्वरो, मस्तिष्कको टीबी र मस्तिष्काघात आदि कारणले टाउको दुखेको हुन सक्छ ।

यस्तो टाउको दुखाइ घातक मानिन्छ

–४० वर्षभन्दा माथिको उमेरमा टाउको दुख्न शुरु हुनु
–अचानक दुखाइ शुरु हुनु
–दुखाइ क्रमैसँग बढ्दै जानु
– दुखाइसँगै मुख बांगिनु
–दुखाइमा परिवर्तन हुनु
–कुनै चोटपटकपछि दुख्नु

उपचार

सामान्यतया टाउको दुखाइको उपचार भनेको आराम र तनावरहित जीवन जिउनु हो । त्यसपछि मात्र औषधिको सेवन । तर लगभग ६० प्रतिशत बिरामी टाउको दुखाइलाई बेवास्ता गर्ने र आफैँ औषधि पसलमा गई नदुख्ने औषधि किनेर खाने गर्छन् । याे गलत हाे । टाउको दुखाइ समयमै उपचार गरे राेगकाे निदान हुन्छ । त्यसैले टाउको दुखाइलाई बेवास्ता नगरौँ। बेलैमा ध्यान पुर्याऔँ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर

जाडोमा ‘लेमन टी’

जाडोमा ‘लेमन टी’