Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ

अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र कमजोरी वा दोष देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छन्।

प्रतिनिधिसभामा जानकारी दिँदै उनले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागिएको र नेपाल मेडिकल काउन्सिलसहितको पाँच सदस्यीय टोलीले स्थलगत छानबिन गरिरहेको बताइन्। घटनाका बेला ड्युटीमा रहेका कर्मचारीलाई समेत कामबाट हटाएर छानबिन अघि बढाइएको छ।

भदौ २४ गते अस्पताल पुगेकी ३० वर्षीया बबिताकुमारी पासवानले बिहान करिब पौने ४ बजे अस्पतालको मूल गेटबाहिर बच्चा जन्माएकी थिइन्। हाल आमा र नवजात शिशु दुवै अस्पतालमा उपचाररत छन् र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रीले जानकारी दिइन्।

मन्त्री मेहताले सुरक्षित मातृत्व हरेक महिलाको अधिकार भएको भन्दै सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क रहेको र सेवाबाट वञ्चित गराउने वा शुल्क माग्ने व्यक्तिमाथि कानुनी कारबाही हुने बताइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार