फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
हेल्थ टिभी अनलाइन : विश्व फिजियोथेरापी दिवसको अवसरमा नेपाल फिजियोथेरापी संघले आज काठमाडौंमा रक्तदान कार्यक्रम तथा स्ट्रोक र मुटुसम्बन्धी रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।
यस वर्षको विश्व फिजियोथेरापी दिवसको मुख्य विषय Stroke and Cardiovascular Disease रहेको छ। सोही विषयलाई केन्द्रमा राख्दै नेपाल फिजियोथेरापी संघले फिजियोथेरापीको भूमिका, स्ट्रोक तथा हृदयसम्बन्धी रोगको रोकथाम, पुनर्स्थापना तथा जनचेतना अभिवृद्धिमा जोड दिएको हो।
कार्यक्रमअन्तर्गत पहिलो चरणमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। उक्त रक्तदान कार्यक्रम एभरेस्ट अस्पताल ब्लड बैंकको सहकार्यमा तथा क्रिस्टल पार्टी भेन्युको स्थान सहयोगमा सम्पन्न भएको थियो। कार्यक्रममा करिब ६८ जना रक्तदाताले रक्तदान गरेका थिए। संकलित रक्त आवश्यकताअनुसार बिरामी तथा आपत्कालीन अवस्थामा रहेका व्यक्तिहरूका साथै बाढीपीडित तथा अन्य विपद्का समयमा आवश्यक पर्ने बिरामीको उपचारमा समेत उपयोग गर्न सकिने जनाइएको छ।
रक्तदान कार्यक्रमपछि स्ट्रोक तथा मुटु तथा रक्तनलीसम्बन्धी रोगसम्बन्धी जनचेतनामूलक अन्तरक्रियात्मक सत्र आयोजना गरिएको थियो। कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरूले रोगको जोखिम, रोकथाम, प्रारम्भिक पहिचान, उपचार तथा पुनर्स्थापनामा फिजियोथेरापीको भूमिकाबारे जानकारी दिएका थिए।
कार्यक्रममा प्रोफेसर डा सञ्जय कुमार श्रेष्ठ, कार्डियोलोजिस्ट, डा अविनाश चन्द्र, न्युरोलोजिस्ट, शाज श्रेष्ठ, न्युरो फिजियोथेरापिस्ट तथा दीपिका प्रजापति, कार्डियोरेस्पिरेटरी फिजियोथेरापिस्ट ले स्रोत व्यक्तिका रूपमा प्रस्तुति तथा सहजीकरण गरेका थिए।
कार्यक्रमका अध्यक्षता नेपाल फिजियोथेरापी संघका अध्यक्ष समिद कतिला श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सगुन पौडेल रहेका थिए । कार्यक्रममा बसन्त श्रेष्ठ, अध्यक्ष, प्यारामेडिक एसोसिएसन नेपाल, प्रकाश महतो, विभागीय प्रमुख, फिजियोथेरापी विभाग, काठमाडौं मेडिकल कलेज तथा नोवेल कलेजका सुजित झा विभागिय पर्मुख फिजियोथेरापी विभागीय प्रमुख, लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। साथै सुरज भुषाल, अध्यक्ष, फिजियोथेरीपी रिह्याविलिटेसन सेन्टर को समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा देशका विभिन्न फिजियोथेरापी शिक्षण संस्था तथा स्वास्थ्य संस्थामा कार्यरत १५० भन्दा बढी फिजियोथेरापी विद्यार्थी, फिजियोथेरापिस्ट तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
नेपाल फिजियोथेरापी संघले विश्व फिजियोथेरापी दिवसलाई केवल पेशागत दिवसका रूपमा नभई समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा मनाउँदै आएको जनाएको छ।
रक्तदान तथा जनचेतनामूलक कार्यक्रमको सफल आयोजनाले फिजियोथेरापी पेशाको स्वास्थ्य क्षेत्रमा रहेको योगदानसँगै सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई समेत उजागर गरेको संघले जनाएको छ।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार