Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एशियन फर्मास्युटिकल्सले ल्यायो ग्यास्ट्राइटिसको नयाँ प्रभावकारी औषधि

एशियन फर्मास्युटिकल्सले ल्यायो ग्यास्ट्राइटिसको नयाँ प्रभावकारी औषधि

हेल्थ टिभी अनलाइन : एशियन फर्मास्युटिकल्स प्रा. लि ले नेपालमा ग्यास्ट्राइटिस सम्बन्धित पेटको रोगमा प्रयोग हुने नयाँ औषधी VPRAZ (Vonoprazan ) भोनोप्राजोन बजारमा उपलब्ध गराएको छ । यस अघि सर्वसाधारण तथा चिकित्सक माझ लोकप्रिय औषधी प्यानटप उत्पादन र बिक्रि वितरण गर्दै आएको एशियन फर्मास्युटिकल्सले भोनोप्राजोन ल्याएको छ ।

जापानी औषधि कम्पनीले सन् २०१५ मा पहिलो पटक भोनोप्राजोन जापानको बजारमा ल्याएको थियो । त्यस्तै यूएस एफडीएले सन् २०२२ मा भोनोप्राजोनलाई पहिलो पटक अप्रुभल दिएको थियो । भोनोप्राजोनलाई ग्यास्ट्राइटिस र यस सम्बन्धि पेटको समस्यामा उपचारका लागि एक नयाँ (New Class molecule-PCAB) वर्गको प्रभावकारी औषधिको रुपमा विभिन्न देशहरुमा प्रयोग भइरहेको छ ।

बिगत लामो समयदेखी नेपालका चिकित्सकहरुले पनि यस भोनोप्राजोन औषधिको आवश्यकताका बारेमा बोलिरहेका थिए । यसैलाई मध्यनजर गर्दै, झण्डै ४ वर्षको अध्ययन र अनुसन्धान पश्चात सम्पूर्ण प्रक्रिया पूरा गरि, सरकारबाट स्विकृत पश्चात एशियन फर्मास्युटिकल्सले ] VPRAZ (Vonoprazan ) पहिलो पटक नेपाली औषधि बजारमा ल्याएको छ । एशियनले VPRAZ  10 / VPRAZ 20  २ वटा Dose strength  मा VPRAZ उपलबध गराएको छ । यस्तै प्रत्येक बट्टामा पहिलो पटक ब्रेल लिपिमा औषधिको नाम प्रिन्ट गरेको छ । यसले दृष्टिबिहिन बिरामीहरुलाई फाइदा पु–याउने कम्पनिको बिश्वास छ ।

बिशेषज्ञहरुका अनुसार VPRAZ (Vonoprazan ) को प्रमुख विशेषता भनेको यसलाई खाना खानु अघि वा पछि जुनसुकै समयमा चिकित्सकको सल्लाह बमोजिम सेवन गर्न सकिने सुविधा हो । साथै परम्परागत औषधी बाट पर्याप्त लाभ नपाएका(Resistance Cases)  मा यसले प्रभावकारी परिणाम ल्याउँदछ । VPRAZ  औषधी सुरक्षित, छिटो प्रभाव देखाउने र बिरामी मैत्री रहेको कम्पनिले जनाएको छ ।

एशियन फर्मास्युटिकल्सले नेपालमा VPRAZ  को उपलब्धता सँगै ग्यास्ट्राइटिस र पेटको एसिड, अमिलो पानी आउने सम्बन्धी समस्याको उपचारमा नयाँ अध्याय सुरु हुने विश्वास ब्यक्त गरेको छ ।

एशियन सहित ४ वटा फर्मा कम्पनीले पनि यो औषधि उत्पादनको अनुमति पाएका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

मेवाका फाइदा

मेवाका फाइदा

मुटुरोगबाट बच्न के गर्ने ?

मुटुरोगबाट बच्न के गर्ने ?