एशियन फर्मास्युटिकल्सले ल्यायो ग्यास्ट्राइटिसको नयाँ प्रभावकारी औषधि
हेल्थ टिभी अनलाइन : एशियन फर्मास्युटिकल्स प्रा. लि ले नेपालमा ग्यास्ट्राइटिस सम्बन्धित पेटको रोगमा प्रयोग हुने नयाँ औषधी VPRAZ (Vonoprazan ) भोनोप्राजोन बजारमा उपलब्ध गराएको छ । यस अघि सर्वसाधारण तथा चिकित्सक माझ लोकप्रिय औषधी प्यानटप उत्पादन र बिक्रि वितरण गर्दै आएको एशियन फर्मास्युटिकल्सले भोनोप्राजोन ल्याएको छ ।
जापानी औषधि कम्पनीले सन् २०१५ मा पहिलो पटक भोनोप्राजोन जापानको बजारमा ल्याएको थियो । त्यस्तै यूएस एफडीएले सन् २०२२ मा भोनोप्राजोनलाई पहिलो पटक अप्रुभल दिएको थियो । भोनोप्राजोनलाई ग्यास्ट्राइटिस र यस सम्बन्धि पेटको समस्यामा उपचारका लागि एक नयाँ (New Class molecule-PCAB) वर्गको प्रभावकारी औषधिको रुपमा विभिन्न देशहरुमा प्रयोग भइरहेको छ ।
बिगत लामो समयदेखी नेपालका चिकित्सकहरुले पनि यस भोनोप्राजोन औषधिको आवश्यकताका बारेमा बोलिरहेका थिए । यसैलाई मध्यनजर गर्दै, झण्डै ४ वर्षको अध्ययन र अनुसन्धान पश्चात सम्पूर्ण प्रक्रिया पूरा गरि, सरकारबाट स्विकृत पश्चात एशियन फर्मास्युटिकल्सले ] VPRAZ (Vonoprazan ) पहिलो पटक नेपाली औषधि बजारमा ल्याएको छ । एशियनले VPRAZ 10 / VPRAZ 20 २ वटा Dose strength मा VPRAZ उपलबध गराएको छ । यस्तै प्रत्येक बट्टामा पहिलो पटक ब्रेल लिपिमा औषधिको नाम प्रिन्ट गरेको छ । यसले दृष्टिबिहिन बिरामीहरुलाई फाइदा पु–याउने कम्पनिको बिश्वास छ ।
बिशेषज्ञहरुका अनुसार VPRAZ (Vonoprazan ) को प्रमुख विशेषता भनेको यसलाई खाना खानु अघि वा पछि जुनसुकै समयमा चिकित्सकको सल्लाह बमोजिम सेवन गर्न सकिने सुविधा हो । साथै परम्परागत औषधी बाट पर्याप्त लाभ नपाएका(Resistance Cases) मा यसले प्रभावकारी परिणाम ल्याउँदछ । VPRAZ औषधी सुरक्षित, छिटो प्रभाव देखाउने र बिरामी मैत्री रहेको कम्पनिले जनाएको छ ।
एशियन फर्मास्युटिकल्सले नेपालमा VPRAZ को उपलब्धता सँगै ग्यास्ट्राइटिस र पेटको एसिड, अमिलो पानी आउने सम्बन्धी समस्याको उपचारमा नयाँ अध्याय सुरु हुने विश्वास ब्यक्त गरेको छ ।
एशियन सहित ४ वटा फर्मा कम्पनीले पनि यो औषधि उत्पादनको अनुमति पाएका छन् ।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?