जनस्वास्थ्य अभियान्ता चन्द कैलाली ५ बाट विजयी
हेल्थ टिभी अनलाइन : कैलाली निर्वाचन क्षेत्र नं ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जनस्वास्थ्य अभियान्ता डा आनन्द बहादुर चन्द विजयी भएका छन्।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन पछि भएको मतगणनाको अन्तिम परिणाम अनुसार उनले ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार नरनारायण शाहले ११ हजार ९ सय ५८ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा एमालेका उम्मेदवार यज्ञ ढुङ्गानाले ५ हजार ८ सय ४८ मत, नेकपाका उम्मेदवार प्रेम आलेले ७ हजार ८ सय ७६ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रोशन शाहीले १ हजार ५ सय ९२ मत प्राप्त गरेका छन्।
डा चन्द नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी अभियानमा लामो समयदेखि सक्रिय रुपमा लाग्दै आएका छन् । सुर्तीजन्य पदार्थको सेवनले नसर्ने रोग कसरी बढाइरहेको छ भन्ने विषयमा उनका थुप्रै अनुसन्धानहरु पनि प्रकाशित छन्।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार