स्पार्क अस्पतालले मनायो ३४ औं वार्षिकोत्सव
यस वर्षको उत्कृष्ट कर्मचारीमा डा गिता केसी
हेल्थ टिभी अनलाइन : कालिमाटीस्थित प्राकृतिक चिकित्सा, फिजियोथेरापी सम्बन्धी सेवामा अब्बल मानिएको स्पार्क हेल्थ होम अस्पतालले आफनो ३४ औं वार्षिकोत्सव मनाएको छ ।
अस्पतालले आज एक विशेष कार्यक्रमबीच ३४ औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा अस्पतालले नि:शुल्क हाडजोर्नी तथा नशासम्बन्धी शिविर तथा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । आज गरिएको रक्तदान कार्यक्रममा ५३ जनाले स्वतस्फूर्त रुपमा रक्तदान गरे भने ५५ बढी बिरामीले नि:शुल्क सेवा र परामर्श लिएको अस्पतालका निर्देशक रुपेश अधिकारीले जानकारी दिए ।
वार्षिकोत्सवको अवसर पारेर हरेक वर्ष दिंदै आएको उत्कृष्ट कर्मचारी पुरस्कार यस वर्ष अस्पतालमा सुरुका दिनदेखि कार्यरत प्राकृतिक चिकित्सक डा गिता केसीलाई प्रदान गरिएको छ । उनलाई अस्पतालका प्रबन्ध निर्देशक हरि शरण रिजालले ११ हजार नगदसहित प्रमाणपत्रद्धारा सम्मान गरेका थिए ।

३४ वर्षदेखि स्पार्क अस्पताल हाडजोर्नीको समस्या भएका, नशा च्यापिएका, प्यारालाइसिस भएका बिरामीका लागि भरोसाको केन्द्र बन्दै आएको छ । यो ३४ वर्षमा बिरामीबाट पाएको भरोसा र विश्वास नै आफूहरुको ठूलो सफलता रहेको निर्देशक अधिकारीको भनाई छ ।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?