ललितपुरमा खुल्यो श्वासप्रश्वास रोगको विशिष्टीकृत सेवा दिने ‘नेशनल चेष्ट सेन्टर’
हेल्थ टिभी अनलाइन : श्वासप्रश्वास सम्वन्धी रोगको विशेषज्ञ उपचार सेवा दिने उद्धेश्यका साथ ललितपुरको मानभवनमा नेशनल चेष्ट सेन्टर स्थापना गरिएको छ । उक्त सेन्टरको उद्घाटन लतिलपुर महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष गणेश केसीले शनिबार एक कार्यक्रमकाबीच गरे ।
वडा अध्यक्ष केसीले आफनो वडावासीका लागि विशेषज्ञ क्लिनिकले स्वास्थ्यका लागि थप राहत दिने बताए । उनले आम नागरिकलाई गुणस्तरीय स्वास्थ्यको आवश्यकता रहेको भन्दै सर्वसुलभ दरमा उपलव्ध गराउन समेत आग्रह गरे ।

नेशनल चेष्ट सेन्टरका अध्यक्ष मधुसुदन घिमिरेले बढ्दो क्रममा रहेको श्वासप्रश्वासका बिरामीहरुलाई सहज रुपमा गुणस्तरीय सेवा उपलव्ध गराउने गरी क्लिनिक खोलिएको बताए । उनले अहिलेसम्म अन्य रोगका विशेषज्ञ सेवाका लागि क्लिनिक तथा अस्पतालहरु खुले पनि छाती रोगका लागि काठमाडौं उपत्यकामै खुलेको पहिलो क्लिनिक भएको दावी समेत गरे । उनले बढ्दै गएको वायु प्रदूषण, सवारीसाधनको चाप तथा धुलो धुँवाका कारण छाती रोगका बिरामी बढ्दै गएको भन्दै सबै बिरामीलाई सहज रुपमा विशेषज्ञ सेवा दिन सकियोस भनेर सेन्टर स्थापना गरेको समेत जिकीर गरे ।
यसैगरी कार्यक्रममा छातीरोग विशेषज्ञ डा राजु पंगेनीले छाती रोगका बिरामी नेपालमै धेरै भएको भन्दै यस खालको सेन्टरको आवश्यकता भएकै बेला यो संस्था आउँदा धेरैले लाभ लिन सक्ने बताए । उनले विश्वमा बार्षिक ४० करोड मानिस दम रोगबाट ग्रसित रहेको र ती मध्ये ९० प्रतिशत बिरामी हाम्रो जस्तो विकासोन्मुख मुलुकका नागरिक रहेको समेत जिकीर गरे । समयमै रोगको पहिचान र उचित उपचार नपाएका कारण हजारौं नेपालीले छाती रोगबाट ज्यान गुमाउनु परेको छ । यस सेन्टरले थोरै भए पनि त्यसमा राहत दिनेछ भन्ने मलाइए विश्वास छ, डा पंगेनीले भने ।
उक्त सेन्टरमा वरिष्ठ छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ चिकित्सकहरूको टोलीले नियमित परामर्श दिनेछन् । यसका साथै यस सेन्टरमा फोक्सोको कार्यक्षमता परीक्षण, डिजिटल एक्स–रे तथा आवश्यक इमेजिङ सुविधा एलर्जी तथा दमको परीक्षण सम्बन्धि सेवा, सिओपीडी, दम, क्षयरोग तथा अन्य दीर्घकालीन स्वासप्रश्वास रोगको समग्र उपचार, कोभिड पश्चात फोक्सो परीक्षण क्लिनिक, धूम्रपान त्याग परामर्श सेवा, विशेषज्ञ परामर्शसहित नियमित फलोअप, बिरामीलाई सहज रूपमा औषधि उपलब्ध गराउन आफ्नै फार्मेसी सञ्चालन, बिरामीलाई एकै स्थानबाट सम्पूर्ण सेवा प्राप्त गर्ने सुविधा समेत उपलब्ध भएको बताइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण