पत्रकार दिनेश सिटौलाको निधन
हेल्थ टिभी अनलाइन : पत्रकार दिनेश सिटौलाको निधन भएको छ। तीन दिनदेखि ग्रान्डी अस्पतालमा उपचाररत सिटौलाको आइतबार मध्याह्न १२:४५ बजे निधन भएको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
अस्पतालले गम्भीर ब्रेन हेमरेज भएका उनलाई सबै चिकित्सकीय प्रयास गर्दा पनि बचाउन नसकिएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ , ‘चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्य क्षमता परिक्षण गर्न एप्निय परीक्षण गरियो जुन पोजिटिभ थियो। जसले स्वतः श्रासप्रश्वास नरहेको जनाउँछ। र उहाँको १२स्४५ बजे निधन भएको जानकारी गराउँछौं,’
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँगै चुनाव प्रचारप्रसारका क्रममा सुदूरपश्चिमको भ्रमणमा रहेका दिनेश सिटौला अछाम पुग्दा एक्कारी बेहोस भएर लडेका थिए । उनको प्रारम्भिक उपचार अछाम अस्पतालमा गरिएको भए पनि स्थिती गम्भीर देखिएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएका थियो ।
उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित ग्राण्डी अस्पताल ल्याइएको थियो। चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष समेत रहेका सिटौला ४५ वर्षका थिए ।
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन