Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्र भारतमा निपाह भाइरस पुष्टि भएको र नेपालमा पनि यसको जोखिम रहेकाले शंकास्पद लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ । हालसम्म यसको खोप वा विशेष औषधि नभएकाले रोकथामका उपाय अपनाउनु नै यसबाट बच्ने उत्तम उपाय भन्दै सबैलाई सतर्क रहन मन्त्रालयले आग्रह गरेको हो ।

के हो निपाह भाइरस ? कसरी बच्ने ?

निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने एक किसिमको गम्भीर प्रकृतिको भाइरसको संक्रमण हो । यो भाइरस प्राकृतिक रुपमा फ्रुट ब्याट भनिने चमेरोमा पाइने गर्छ । निपाह भाइरसका लक्षणहरु ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने, साथै टन्सिलाइटिस हुने हुन्छ । संक्रमित चमेरोबाट गाई गोरु संगुर जस्ता जनावरबाट मानिसमा सर्ने गर्छ ।

यो संक्रमणबाट बच्न गाइगोठ सफा राख्ने, फलफूल, तरकारी राम्ररी पखालेर र पकाएर मात्र खाने, मासु काट्दा पन्जाको प्रयोग गर्ने, भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, पानी उमालेर पिउने गर्नुपर्छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

मेवाका फाइदा

मेवाका फाइदा

मुटुरोगबाट बच्न के गर्ने ?

मुटुरोगबाट बच्न के गर्ने ?