स्वास्थ्य मन्त्री डा सुधा शर्माद्धारा तीन महिने कार्य प्रगति विवरण सार्वजनिक
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्माले आफूले तीन महिनामा गरेको कार्यप्रगति सार्वजनिक गरेकी छिन्।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हलमा पत्रकार सम्मेलन गरी आफूले गरेका मुख्य उपलब्धी सार्वजनिक गरेकी हुन् । उनले चुनावी सरकारमा मन्त्री भएर आए पनि आफूले धेरै काम गरेको बताईन । डा शर्माले आफू आएपछि नीतिगत सुधारमा प्रयास गरेको भन्दै त्यो समयमा तत्काल चाहिने जेनजी घाइतेहरुको उपचार तथा व्यवस्थापनमा काम गरेको जनाइन ।
यसैगरी मातृ तथा नवजात शिशु, मानसिक स्वास्थय, वैदेशिक रोजगारमा गएका श्रमिक नेपालीको स्वास्थ्य, खरिद तथा आपूर्ति व्यवस्थापन, औषधि प्रयोगशाला सुधार, स्वास्थ्य बीमा लगायतका विषय प्राथमिकतामा राखेर काम गरेको बताइन् । उनले स्वास्थ्य बीमा, स्वास्थ्य सेवा, औषधि ऐन, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान एन र स्वास्थ्यकर्मी सुरक्षा ऐन अध्यादेश मार्फत संशोधनका लागि प्रक्रिया अघि बढाइएको मन्त्री गौतमले बताएकी छिन्।
मन्त्री शर्माले २०८२ कात्तिक १० गते स्वास्थ्य मन्त्रीको रुपमा पदवहाली गरेकी थिईन ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण