Health TV Online
Health TV Online

स्वास्थ्य बीमा कार्यक्रमलाई १० अर्ब बजेट

स्वास्थ्य बीमा कार्यक्रमलाई १० अर्ब बजेट

हेल्थ टिभी अनलाइन : सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई १० अर्ब रकम विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रकम विनियोजन गरेको बताएका हुन् ।

अर्थमन्त्री पौडेलका अनुसार स्वास्थ्य बिमा कार्यक्रमलाई पुनसंरचना गर्दै कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र स्वास्थ्य बीमाको दायरा विस्तार गरिनेछ । उनले बीमितको सुविधा थैली क्रमशः वृद्धि गरिँदै लगिने र बीमितलाई फरक फरक योजनाको सुविधा उपलब्ध गराइइने जानकारी दिए ।

गत वर्ष स्वास्थ्य बीमाका लागि ७ अर्ब ५ करोड बजेट छुट्याइएको थियो । यसपटक बीमामा रकम बढाइएको छ । बीमा कार्यक्रम स्वास्थ्य मन्त्रालयको महत्वकांक्षी र प्राथमिकतामा परेको कार्यक्रम हो ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट