Health TV Online
Health TV Online
Health TV Online

चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो : राष्ट्रपति पौडेल

चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो : राष्ट्रपति पौडेल

हेल्थ टिभी अनलाइन : राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सकको विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन्।

मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को २३ औं वार्षिकोत्सव कार्यक्रममा राष्ट्रपति पौडेलले चिकित्सकको बढ्दो विदेशिने क्रम रोक्नलाई सम्बन्धित पक्षले बेलैमा उपयुक्त कदम चाल्नुपर्ने विषयमा जोड दिएका हुन्। उनले भने, ‘स्वास्थ्य सेवाम सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो। यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्छ भन्ने म ठान्दछु ।’

राष्ट्रपति पौडेलले आम नागरिकको स्वास्थ्य सेवामा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित गर्न पनि सुझाब दिएका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार