Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अब आफू बसेकै स्थानबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने

अब आफू बसेकै स्थानबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने

हेल्थ टिभी अनलाइन : अबदेखि स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रथम सेवा बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान विन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव बुधबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेपछि अबदेखि बीमितले यो सुविधा लिन पाउने भएका हुन् । यसअघि बीमितले तोकेको प्रथम सेवा विन्दुमा देखाएर आवश्यक परेमा मात्रै थप उपचारका लागि सूचीकृत अस्पतालमा सेवा लिन पाउँथे ।

याेसँगैअब  बीमित जहाँबाट स्वास्थ्य बीमामा आवद्ध भए पनि बसेको ठाउँको नजिकको प्रथम सेवा विन्दुमा गएर बीमा सुविधा लिन सक्ने छन् । पहिले जस्तो तोकिएकै ठाउँमा जानु पर्ने अवस्थाको अन्त्य भएको छ ।

यसैगरी मन्त्रिपरिषदबाट पारित प्रस्तावअनुसार अब स्वास्थ्य बीमाको सेवा लिनका लागि तीन महिना पर्खनु पर्नेमा अब एक महिनाभित्रै सेवा लिन सकिने भएको छ । बिमितलाई यसले सेवा लिनका लागि थप सहजता प्रदान गर्ने स्वास्थ्य मन्त्री पौडेलले बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार