Health TV Online
Health TV Online
Health TV Online

सबैलाई समेट्ने गरी एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउँदैछौं : स्वास्थ्यमन्त्री पौडेल

सबैलाई समेट्ने गरी एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउँदैछौं : स्वास्थ्यमन्त्री पौडेल

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले सबैलाई समेट्ने गरी अब छिट्टै एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउन लागेको बताएका छन् । बिहिबार २८ औं स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य सेवालाई अझ व्यवस्थित बनाउन नयाँ स्वास्थ्य ऐनको आवश्यकता देखिएको र त्यसका लागि काम भइरहेको जिकीर गरे । उनले भने, ‘समग्र स्वास्थ्य क्षेत्रलाई समेट्ने गरी हामीले एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउने तयारी गरिरहेका छौं । र यो ऐन अन्तिम चरणमा रहेको छ ।’

उनले बलियो नीति तथा ऐन बनेमा मात्र स्वास्थ्यका सबै पक्षलाई समान ढंगले व्यवहार गर्न सक्ने भन्दै अहिलेको नीतिले कसैलाई काखा र कसैलाई पाखा जस्तो गरेको देखिएको बताए । उनले समान पदका कर्मचारीको पनि कहीं कम तथा कहीं बढी तलब रहेको जिकीर गर्दै सबैलाई समान व्यवहार र समान सम्मान गर्ने ऐनको खाँचो रहेको पनि जिकीर गरे ।

मन्त्री पौडेलले स्वास्थ्यमा राज्यको लगानी कम भएको कुरा थाहा हुँदाहुँदै पनि यही अवस्थामा पनि कसरी उत्कृष्ट सेवा दिन सकिन्छ भनेर आफू लागिरहेको बताए । उनले राज्यले स्वास्थ्यलाई प्राथमिकतामा राखेर लगानी पनि बढाउनपर्नेमा जोड दिए । कार्यक्रममा तीन दिन अघि मात्र स्वास्थ्य सचिवबाट सेवा निवृत्त भएका डा रोशन पोखरेल र निमित्त सचिव दिपेन्द्र रमण सिंहलाई सम्मान गरिएको थियो ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा

छुटेका बालबालिकालाई खोप लगाइँदै

छुटेका बालबालिकालाई खोप लगाइँदै