कोभिड विरुद्धको ३ लाख ४५ हजार डोज नयाँ खोप काठमाडौं आइपुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोभिड विरुद्धको ३ लाख ४५ हजार ६०० डोज खोप आज काठमाडौं आइपुगेको छ ।
सोमबार बिहान कतार एअरलायन्स मार्फत फाइजरको नयाँ खोप काठमाडौं आइपुगेको हो । आज भित्रिएको फाइजरको वाइभ्यालेन्ट नामक खोप हो जुन कोभिडको ओमिक्रोन भेरियन्ट विरुद्ध बढी प्रभावकारी मानिएको खोप हो ।
उक्त खोप कोभ्याक्स सुविधा अन्तर्गत आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ ।
कोभ्याक्स सुविधा अन्तर्गत १५ लाख डोज प्राप्त हुनुपर्नेमा अहिले पहिलो चरणमा ३ लाख ४५ हजार ६०० डोज आइपुगेको छ भने अरु बाँकी खोप छिटै आइपुग्ने जनाइएको छ । विभागले प्रदेशको माग अनुसार उक्त खोप प्रदेशहरुमा पठाउनेछ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा