साइमनका अध्यक्ष मास्के र महासचिव काफ्ले भारतमा सम्मानित

हेल्थ टिभी अनलाइन \काठमाडौं : एशोसिएसन अफ फिजिसियन अफ इन्डियाको शैक्षिक गतिविधि हेर्ने निकाय द इन्डियन कलेज अफ फिजिसियन्सद्धारा नेपालका दुई वरिष्ठ चिकित्सक सम्मानित भएका छन्।
सोसाईटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन) का अध्यक्ष डा अरुण मास्के र साइमनका महासचिव डा मुकुन्दप्रसाद काफ्लेलाई भारतको अहमदावादमा भएको द एशोसियसन अफ फिजिसियन्स अफ इन्डियाको ७८ औं राष्ट्रिय सम्मेलनमा सम्मान गरिएको हो । नेपालबाट पहिलोपटक यसरी फेलो अफ इन्डियन कलेज अफ फिजिसियन्स नामक सम्मानबाट नेपाली डाक्टरलाई सम्मान गरिएको हो ।
सो सम्मानका लागि केही एकेडेमिक रिसर्चदेखि यति वर्ष पढाएको हुनुपर्ने सम्मको मापदण्ड तय गरिएको थियो । सबै मापदण्ड पूरा भएपछि डा मास्के र डा काफेलेलाई उक्त सम्मान प्रदान गरिएको सम्मानित भएका डा काफ्लेले जानकारी दिए । उनले सम्मानपछि आफूहरुले त्यहाँ दुई छुट्टाछुट्टै विषयमा प्रस्तुती समेत दिएको जनाए ।
डा काफ्लेले द एशोसियसन अफ फिजिसियन्स अफ इन्डियासँग साइमनले नेपाली फिजिसियन डाक्टरहरुको क्यापासिटी बिल्डिङदेखि एकेडेमिक विभिन्न क्रियाकलापमा सहकार्य गरेर काम गरिरहेको समेत जिकीर गरे ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा