Health TV Online
Health TV Online
Health TV Online

नेपाल चिकित्सक संघ चुनाव : उपत्यकामा आजदेखि मतदान सुरु

नेपाल चिकित्सक संघ चुनाव : उपत्यकामा आजदेखि मतदान सुरु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघको नयाँ कार्य समितिका लागि आजदेखि उपत्यकामा निर्वाचन सुरु भएको छ।

काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा मतदान सुरु भएको हो । यसअघि यही माघ ६ गते र ७ गते उपत्यका बाहिरका १६ शाखा कार्यालयमा निर्वाचन सम्पन्न भइसकेको छ। उपत्यका बाहिर तीन हजार छ सय ५० मत खसेको थियो ।
उपत्यकामा भने आजदेखि तीन दिन माघ १९, २० र २१ निर्वाचन हुनेछ। तीन दिन उपत्यकामा आठ हजार नौ सय मतदाता निर्वाचनमा सहभागी हुँदैछन्। निर्वाचन साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

अध्यक्षमा तीन समूहले आ आफनो प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्षमा लोकतान्त्रिक समूहबाट डा अनिलविक्रम कार्की, प्रगतिशीलबाट डा सन्तोष पौडेल र स्वतन्त्र प्यानलबाट डा शिवजी सिलवालको टिम चुनावी प्रतिस्पर्धा छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना