बाँकेमा दादुरा पुष्टि हुने बालबालिकाको संख्या ३०१ पुग्यो

हेल्थ टिभी अनलाइन \बाँके : बाँकेमा फैलिएको दादुरा संक्रमित बालबालिकाको संख्या ३०१ पुगेको छ । नेपालगंज उपमहानगरपालिकाबाट फैलिएको दादुरा आज राप्तीसोनारी गाउँपालिकामा पनि देखिएको छ ।
योसँगै बाँके जिल्लाका ६ वटा पालिकामा दादुरा पुष्टि भइसकेको छ । अब बैजनाथ र जानकी गाउँपालिकामा मात्र दादुरा देखिएको छैन् ।
स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले आज राप्तिसोनारी गाउँपालिका वडा नं २ मा १५ महिनाकी बालिकामा दादुरा देखिएको जनाएका छन्। उनले आज पुष्टि भएकी बालिकासहित दादुरा पुष्टि हुनेको संख्या ३०१ पुगेको पनि जानकारी दिएका छन्।
पुस दोस्रो साता देखि सुरु भएको दादुराको महामारीबाट बाँकेमा एकजना बालकले ज्यान गुमाएका छन् । ३०१ मध्ये २९२ जना भने निको भइसकेका छन्।
दादुरा महामारी नियन्त्रणका लागि सरकारले खोप अभियान पनि चलाइरहेको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा