Health TV Online
Health TV Online
Health TV Online

नर्सहरुको श्रम शोषण गर्ने अस्पताललाई कारवाही गर्छौ: स्वास्थ्यमन्त्री गिरी

नर्सहरुको श्रम शोषण गर्ने अस्पताललाई कारवाही गर्छौ: स्वास्थ्यमन्त्री गिरी

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नर्सहरुको श्रम शोषण गर्ने अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई कारवाही गर्ने जनाएका छन्। उनले नर्सको श्रम शोषण गरेको पाइएमा त्यस्ता अस्पतालको नवीकरण नगर्ने र खारेजसम्म गर्ने बताएका हुन्।

आइतबार नेपाल नर्सिङ संघको ६१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गिरीले निजी क्षेत्रमा नर्सको श्रम शोषण गरेको गुनासो आउने गरेको भन्दै त्यस्ता अस्पताललाई अब कारवाही गरिने जनाए । कार्यक्रममा मन्त्री गिरीले बिरामीको सेवामा २४ घण्टा खटिने नर्सहरुको सेवा–सुविधा वृद्धि गर्नका लागि आफूले भूमिका खेल्ने बताउँदै नर्र्स मैत्री नीति बनाउने समेत जिकीर गरे ।

नेपाल नर्सिङ संघकी अध्यक्ष मन कुमारी राईले नर्सिङ क्षेत्रमा धेरै नै सुधार गर्नुपर्ने भन्दै नेपलाी नर्सहरुको तलब निकै नै कम भएको गुनासो गरिन । उनले नर्सहरुले आफनो पढाई र योग्यता अनुसार तलब नपाएको जनाइन ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना