आईसीयू प्रोटोकल मिचेको आरोप लागेकी स्वास्थ्य राज्यमन्त्री कार्कीले सार्वजनिक गरिन धारणा

हेल्थ टिभी अनलाइन \काठमाडौं : आफैमाथि आगो लगाएर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यलई भेट्न जाँदा आईसीयू प्रोटोकल मिचेको आराेप लागेकी स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । उनले शुक्रबार सामाजिक संजालमार्फत आफ्नो धारणा व्यक्त गरेकी हुन्।
उनले आफनो धारणा यसरी लेखेकी छिन्-
‘राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई ऊ चाँडै नै यो संसार छोड्दैछू भन्ने थाहा भएरै उनका आँखाहरु सधैँका लागि बन्द हुनु अगावै, उनका बोलि सधैँको लागि रोकिनु अगावै म उहाँलाई भेट्न पुगेको थिँए्भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ धन्न मैले ढिला गरिन्छु ।
मेरा आदरणिय प्रिय मतदाताहरु,
मैले तपाईहरुको मत र विश्वास माथी आँच आउने काम गरेकी छैन र गर्ने पनि छैन्र हामी भेट्न गएको प्रकृयार विधिहरुलाई लिएर धेरै प्रश्न उठेकाले साथै केहि साथीले नेपाल मेडिकल काउन्सीलमा उजुरी समेत दिनुभएको रहेछ त्यसैले जनताको प्रश्नको जवाफ दिन आवश्यक ठानेर यो लेख्दैछु ।
त्यो घटना सुन्ने बित्तिकै मैले उहाँको उपचारमा संलग्न डाक्टरलाई फोन गरे्र उहाँ अझ होसमै हुनुभएको थाहा पाएपछी मैले म भित्रको मानवलाई रोक्न सकिन म उहाँलाई भेट्न आउँछु है भनि जानकारी दिएँ बाटोमा जाँदा जाँदै समेत ड्युटीमा खटिनुभएको डाक्टरलाई फोन गरी स्वास्थ्य स्थिती बुझिरहेको थिए्र पुग्ने बित्तिकै ड्युटिमा खटिनुभएको डाक्टर मलाई आई सी यू को ढोका सम्म लिन आउनुभयो्र त्यो सम्वेदनशील बेलामा पनि मेरो डाक्टरी अभ्यासको बानीले नै होला म आफैले गाउन मास्क र क्याप मागेर लगाए अनि स्यानिटाईजर ले हात धोएर मात्र बिरामी कक्ष पुग्न भ्याएछु्र कसले भिडियो लिनुभएको थियो कृपया पुरा भिडियो छ भने हेर्नुहोला मैले बिरामी छुनु अघि र पछि दुबै पटक हातमा स्यानिटाइजर लगाएको छु ।
म आफैँ लाईसेन्स्ड जनरल सर्जन, बर्नका बिरामीहरु म आफैले पनि हेर्ने गरेको कारण, मैले बुझेको थिए ८०% भन्दा बढी बर्न भईसकेको अवस्थामा उहाँलाई बचाउन अब कुनै चम्तकार भए मात्र सम्भव थियो र धन्न मैले उहाँको होस नगुम्दै भेट्न भ्याए्र आँखा खोल्नुस् त भन्दा आँखा खोल्नुभयो र तोसिमा जि तपाईलाई म चिन्छु, देखिराछु भन्नुभयो्र जिब्रो देखाउनुस् त भन्दा जिब्रो देखाउनुभयो्र यो प्रकृया बिरामीको होस कत्तिको छरछैन चेक गर्ने विधी हो र उहाँले भने जसो गर्नुभयो र दोहोरो कुरा पनि गर्नुभयो अर्थात त्यसबेला सम्म उहाँ पुरा होसमा हुनुहुन्थ्यो राज्य छ नि, हामी थियौँ नि, किन यस्तो गर्नुभयो दाजु भन्दै गर्दा उहाँले थप केहि भन्नुभयो ।
१. रवि सरलाई भनिदिनुस् है, मैले भनिदिए
२. धेरै पोलिराछ पेन किलर थप्न भनिदिनुस् न, मैले ड्युटी डाक्टरलाई पेन किलर थपिदिनु है भनेर र तेस्रो कुरा उनले मलाई यसो भने ।
३. बरु मलाई अर्को अस्पताल लानुस् न ,म बाँच्न चाहन्छु म स्तब्द भएँ ढिलो भईसकेको थियो ।
यसको उत्तर म सँग थिएन किनकी म आफैँ डाक्टर भएकोले थाहा थियो उहाँसँग अब केहि क्षण मात्र बाँकी छ म स्तब्द भए्आङ जिरिङ्ग भयो । लामो लामो सास फेर्नुस् है्र नआत्तिनुस् है डाक्साबहरुले एकदम राम्रो उपचार गर्नुहुन्छ भनेर म निस्किए ।
फेरी मैले अस्पतालका प्रमुख डाक्टर शङ्कर मान राईलाई फोन गरे डाक्साब उहाँको उपचारमा कुनै कसर बाँकी नछोड्नु है्र बरु केहि परे सहयोग माग्नुहोला्र म भोलि बिहान ८ बजे उहाँलाई भेट्न पुनस् आउनेछु्र यति भनि अस्पतालबाट निस्किए्र उनले मसँग अन्तिम बोलेको बोली म बाँच्न चाहन्छुू मेरो मानसपटलमा घुमिरह्यो । म उनको लागि जिवनको दुवा माग्दै अबेर घर पुगे्र भोलिपल्ट बिहान ६: ३० बजे नै मैले अस्पताल प्रमुख डाक्टरलाई फोन गरी बिरामी कस्तो हुनुहुन्छ सोधे्र भर्खरै बित्नुभयो भन्नुभो । मैले केहि बोल्न सकिन्र फोन राखिदिए पुन कल ब्याक गरे्र डाक्साब ति बिरामीको सम्पूर्ण उपचार खर्च हाम्रो तर्फबाट निशुल्क गरिदिनुस् है भने ।
आत्मदाह गरेका प्रेम आचार्य जिवनको अन्तिम चरणमा छन् भन्ने बुझ्ने बित्तिकै म भित्रको मानव उहाँलाई भेट्न नगई बस्न सकिन्र म भित्रको शल्यचिकित्सक उहाँको स्वास्थ्य स्थिती, उहाँको चेत, र उहाँको बाँच्ने सम्भावनालाई नबुझी बस्न सकिन्र र म भित्रको राज्य प्रतिनिधिू जिवनबाट आजित भएर जिवन त्याग्दै गरेको यहि देशको नागरिकलाई अन्तिम घडिमै पुगे पनि नआत्तिनुस् है, नडराउनुस् है, राज्य छ नि नभनि बस्न सकिन्र रह्यो कुरा गरेन भन्ने आरोपहरु म आफू नै जनरल सर्जन हुँ जो विगतमा बर्न सम्बनधिकै बिरामिहरु पनि हेर्ने गरेको छु ।
८०% भन्दा धरै जलन भएर बाँच्न सक्ने अवस्था न्युन भएको बिरामीलाई त्यसबेला मैले दिन सक्ने केहि थिएन्र मेरो हातमा केहि थिएन मात्र थोरै मेरो तर्फबाट मायाको स्पर्श्र आत्मियता र अन्तिम घडिमै भए पनि थोरै आत्मबल सायद त्यसैले होला एकछिन पछि, उहाँले मलाई भन्नुभयो तोसिमा जि, याहाँ हुन्न भने अर्को अस्पताल लानुस् म बाँच्न चाहन्छु र मैले उहाँलाई नडराउनुस् है्र नआत्तिनुस् है्र लामो लामो सास फेर्नु है्र अक्सिजन सरिरमा जानुपर्छ भन्दा उहाँले हस् भन्नुभयो र त्यसबेला उहाँ भेन्टिलेटरमा हुनुहुन्थेन तर फुल ज्ञण् लिटर अक्सिजन मास्क मार्फत दिईरहेको थियो्र अझ अचम्म लाग्दो कुरो त (( दुखाईले दायाँ फर्केर निहुरिएर सुतिरहनुभएको थियो । मैले दायाँ बाटै भेटे्र सुन्निईसकेको आँखाले पनि मलाई हेर्र्न खोज्दै दोहोरो कुराकानी गर्नुभयो्र त्यसपछि म एकछिन उपचार गर्नुहुने डाक्साब सँग कुरा गरेर फेरी उहाँलाई हेर्न आउँदा उहाँको बायाँ पट्टी उभिएर कुरा गरे्र उहाँले मलाई नदेखेर आफैँ शरिरको पोजिसन फेरेर सिदा हुनुभयो र म सँग थप दोहोरो कुराकानी गर्नुभयो्र मैले उहाँको शरिरको घाउहरु हेरे्र उहाँको ब्लाङ्केट मिलाईदिए्र अनि उहाँलाई थोरै ढाडस दिदै उहाँको लागी थप केहि गर्न नसक्ने अशक्त मग् बाट निस्किए । म डाक्टर भएको नाताले उहाँको अभिभावकलाई पनि उहाँको गम्भिर स्थिती बारे बुझाएर भोलि बिहान सम्म जे पनि हुन सक्ने भएकोले तुरन्तै उहाँको श्रीमतीलाई बोलाईहाल्नुस् है भनेर यहाँको उपचार खर्च चिन्ता नलिनुस् है भनेर थप केहि बोल्न नसकी म त्याहाँ बाट पनि निस्किए ।
हो, एउटा नागरिकले उठाएको प्रश्नहरुको जवाफ सहित राज्यले उसलाई भेट्न जाने प्रक्रिया निकै लामो हुन्थ्यो होला, अबेर भईसक्थ्यो होला्र तर जलेर मृत्युको मुखमा पुगेको बिरामीलाई तर म आफू पनि शल्यचिकित्सकको नाताले
क्ष्ऋग् मा भेट्न जान मलाई कुनै ठूलो प्रक्रीया आवश्यक थिएन्र त्यसैले उपचारमा संलग्न डाक्टरहरुको टिमको अनुमती लिई सामान्य आईसीयू प्रोटोकल समेत पालन गरेर गाउन, मास्क, क्याप र स्यानिटाईजर प्रयोग गरि भेटेको थिए फेरी पनि भन्दैछु, सुन्ने बित्तिकै गईहाले्र धन्न भेट्न भ्याएछु। रह्यो कुरा आईशियु भित्र फोटो खिचेर प्रचार गर्यो भन्ने आरोपकाे, खबर सुन्ने बित्तिकै हतार हतार म र मेरो स्वकिय मात्र गएका थियौँहामी अस्पतालको गेटमा पुग्दा नै त्याहाँ उपस्थितहरुले ओहो राज्यमन्त्री आउनुभयो भन्दै हामीलाई माथी आईसियु सम्म पुर्याउन आउनुभयो र ड्युटीको डाक्टर भने आईसियुको ढोका सम्म मलाई लिन आउनुभएको थियो्र अहिले सबैको हात(हातमा मोबाईल भएको अवस्थामा तत्पश्चात त्याहाँ भित्र को कसलाई छिर्न दिईयो, को को छिर्यो , को छिरेन , को बिरामीको अभिभावक, को मिडिया थियो हामीलाई थाहा पनि भएन र कसले कहाँ कसरी किन काहाँबाट भिडियो खिच्यो त्यसबारेमा हामी जानकार पनि छैनौ ।
यदि मिडिया बाजी नै गर्नु थियो त त्याहाँ अन्य भिजिटरहरुले मास्क नलाउनुभएको अवस्थामा म आफू पनि मास्क खोलेरै चिनिएरै फोटो खिचाउँथे होला्र दिन रात उपचारमा खटिनुभई प्रेम आचार्यलाइ बचाउन भरमग्दुर प्रयास गर्नुभइ निशुल्क उपचार गर्दिनुहुने किर्तीपुर अस्पताल टिमलाई धन्यवाद दिन चाहन्छु । रह्यो कुरा किन भेट्न गयो भन्ने ।
१. किनकी म भित्रको सचेत मानवले भेट्न जाउ भन्यो ।
२. किनकी म भित्रको संवेदनशील डाक्टरले हेर्न जाउभन्यो ।
३.किनकी म भित्रको जवाफदेही सरकारले जागेर अहिले भए पनि गएर राज्य छ भन्ने अनुभुती दिला भन्यो माफ गर्नुहोस् मलाई धेरै कुरा अझै सिक्दैछु, बुझ्दैछु,अध्य्यन गर्देछु, गल्ति गरेको भएको भए सच्याउनेछु्र तर यति कुरा पक्का छ, प्रेम आचार्यको आत्माले यो नयाँ बनेको सरकारलाई सधैँ सम्झिरहनेछ। किनकी ऊ अस्ताउनु अघि नयाँ बनेको सरकारको प्रतिनिधी आफैँले भेटेर हामी छौँ नि भन्दै गर्दा ति व्यक्तिले म बाँच्न चाहन्छुू भने्र यी उनका अन्तिम वाक्यले यो सरकारलाई र मलाई पनि सधैँ सधैँ जनता प्रति उत्तरदायि हुन घच्घच्याईरहनेछ ।
अन्त्यमा अनुरोध हजुरहरु सबैलाई ज्यान गुमाईसकेका व्यक्तिको मृत्यू माथी यसरी राजनीती नगरौँ आत्मदाह गरेका उनलाई मृत्युको मुखमा कसले पन्जा लगाएर छोयो रछोएन र कसले भिडियो खिच्योरखिचेन भन्ने बहसलाई धेरै ठूलो बनाएर प्रेम आचार्य स्वयम्ले उठाउन खोज्नुभएको, सोध्न खोज्नु भएको तमाम प्रश्नहरुको जवाफ खोज्ने बहसलाई ओझेलमा नपारौँ्र उहाँ जस्ता नेपाली युवाहरु किन त्यो कदम चाल्न वाध्य भए अर्थतन्त्रको चक्रभ्युले युवाहरुलाई किन यसरी गिजोलिरहेको छ रु राज्यले किन आफ्ना नागरिकहरुलाई अभिभावकत्व महसुस गराउन सकिरहेको छैन रु यसका समाधान के हुन सक्लान् रु हामीले बचाउन नसकेको प्रेम आचार्यको मृत्यु माथी राजनिती गर्नु साटो अरु हजारौँ प्रेम आचार्यहरुलाई आत्महत्या र आत्मदाह गर्न बाट कसरी बचाउन सकिन्छ रु मानसिक स्वास्थ्यको के छ वस्तुस्थिती रु आउनुस् न त्यो बहस गरौँ्र यस प्रति हामी स्वास्थ्य मन्त्रालय र म स्वयम् पनि गम्भिर आभ्यासमा लाग्नेछु र हजुरहरु सबैबाट सक्दो हातेमालो सहयोग सुझाब र सहभागिताको लागि पनि अनुरोध सहित हार्दिक श्रद्दान्जली प्रेम आचार्यमा ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा