सुर्खेतमा पनि भेटिए दादुरा संक्रमित बालबालिका

हेल्थ टिभी अनलाइन \ सुर्खेत : बाँकेमा फैलिरहेको दादुरा सुर्खेतमा पनि देखिएको छ । सुर्खेतमा पाँच जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको छ । तीन पालिकाका ५ जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको हो ।
सुर्खेतको वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिएका छन्। बाँकेमा दादुरा फैलिरहेको बेला सुर्खेतमा पनि संक्रमण देखिन थालेकाले सतर्कता अपाउन उनले सबैलाई आग्रह गरेका छन्।
उनले दादुरासँग मिल्दो लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा