आईओएमका विद्यार्थी र प्रहरीबीच झडप

हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएममा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। महाराजगंजस्थित आईओएम डीनको कार्यालयमा विद्यार्थीले लगाएको ताला प्रहरीले खोल्ने क्रममा उक्त झडप भएको हो ।
आइओएमकी डीन प्राडा दिव्या सिंह शाहले केही विद्यार्थीले नियम विपरित काम गरेपछि होस्टेल व्यवस्थापनले सूचना निकालेको र त्यसलाई नै उनीहरुले इस्यु बनाएर डीन कार्यालयमा ताला लगाएको बताइन्। डीन शाहले आज ताला खोल्ने क्रममा सामान्य भनाभन भए पनि अहिले वार्ताबाट समस्या समाधानको प्रयास भइरहेको समेत जानकारी दिइन्।
विद्यार्थीहले भने आईओएमको होस्टलको उचित व्यवस्थापन हुनुपर्ने, सेवा सुविधा बढाइनुपर्ने जस्ता माग राखेर सोमबारबाट आन्दोलन गरिरहेका छन्। आज बिहान प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गर्न खोज्दा झडप भएको हो ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा