दादुरा महामारी : संक्रमण पुष्टि हुने बालबालिकाको संख्या ९२ पुग्यो

हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको नेपालगञ्जमा दादुराका बिरामीको संख्या बढ्ने क्रम जारी रहेको छ । सोमबार ५ बजेसम्म दादुरा पुष्टि हुने बालबालिकाको संख्या ९२ जना पुगेको बाँकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालगंज उपमहानगरपालिकामा ९० र खजुरा गाउँपालिकामा २ जना दादुराका बिरामी भेटिएका हुन् । दुई साताको अवधिमा नै ९२ जना बिरामी भेटिएका हुन् । सोमबार मात्रै १४ जना बिरामी थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म एक जना दादुरा संक्रमित बालकको मृत्यु समेत भइसकेको छ ।
परिवार कल्याण महाशाखा अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार बाँकेमा दादुरा पुष्टि हुनेमध्ये अधिकांस दादुरा विरुद्धको खोप नलिएका छन्।
दादुरा आउटब्रेक भएपछि त्यहाँ खोप अभियान समेत सञ्चालन भइरहेको छ । खोप अभियनामा २ हजारभन्दा बढी बालबालिकालाई दादुरा खोप दिइ सकिएको जनाइएको छ । यसैगरी दादुरा नियन्त्रणका लागि खोप अनिवार्य भएकाले सबै बालबालिकालाई अनिवार्य खोप लगाउन ल्याउन अभिभावकलाई आग्रह गरिएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा