Health TV Online
Health TV Online
Health TV Online

दादुरा-रुबेला खोपको कभरेज बढाउन धर्मगुरुहरुसँग छलफल

दादुरा-रुबेला खोपको कभरेज बढाउन धर्मगुरुहरुसँग छलफल

हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको नेपालगंजमा दादुरा रुबेलाले महामारीकै रुप लिन थालेपछि सरकारले यस विरुद्धको खोपको कभरेज बढाउन विभिन्न सरोकारवालाहरुसँग छलफल र अन्तक्रिया गर्न थालेको छ ।

आइतबार बाँके युनेस्को क्लबको आयोजनामा स्वास्थ्य कार्यालय र नेपालगञ्ज उपमहानगर पालिकाको सहजीकरणमा दादुरा महामारी नियन्त्रण र ६ महिना देखि १५ बर्ष सम्मका बालबालिकाहरुमा दादुरा रुबेला खोपको कभरेज बढाउन धर्मगुरुहरू मौलाना , मदरासा गुरु सँग छलफल तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

बाँकेमा दादुराको महामारी नियन्त्रणमा लिन प्रभावित वडाहरुमा दादुरा विरुद्धको खोप अभियान पनि संचालन भइरहेको छ । शनिबारसम्म बाँकेमा ६४ जना बालबालिकामा दादुरा पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना