सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा सुरु हुँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन आएसँर्गै रेडियोथेरापी सेवा सुरु हुने भएको छ। अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले प्रखर क्यान्सर अस्पतालमा बहुप्रतिक्षित लिन्याक मेसिन आइपुगेको र अब क्यान्सरमा प्रयोग हुने रेडियोथेरापी सेवा सुरु हुने जनाए ।
उनले यो सेवा सुरु भएसँगै अब क्यान्सरको सबै उपचार खजुरामा सम्भव हुने समेत जिकीर गरेका छन्। यसभन्दा अघि यो रेडियोथेरापी मेशिन नहुँदा क्यान्सरका बिरामीलाई अन्यत्र जानुपर्ने बाध्यता थियो । अब रेडियसन दिन आवश्यक पर्ने बिरामीले पनि यहीं सेवा पाउने भएका हुन ।
योसँगै खजुरामै क्यान्सरको मुख्य तीन उपचार विधि शल्यक्रिया, किमोथेरापी र रेडियोथेरापी सम्भव हुने भएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा