Health TV Online
Health TV Online
Health TV Online

अस्पतालमा बिरामीको लाइन १ महिनाभित्र नहटे कारबाही गरिने

अस्पतालमा बिरामीको लाइन १ महिनाभित्र नहटे कारबाही गरिने

हेल्थ टिभी अनलाइन\ काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बिरामीले सरकारी अस्पतालमा लाइनमा लागेर सास्ती खेप्नुपर्ने अवस्था १ महिनाभित्र नहटे सो संस्थाका पदाधिकारीलाई कारबाही गरिने चेतावनी दिएका छन्।

मंगलबार सचिवहरुसँगको छलफलपछि उनले सरकारी अस्पतालमा सेवा पाउन बिरामीले महिनौं लाइन बस्नुपर्ने अवस्थाको १ महिनाभित्र अन्त्य गर्न निर्देशन दिएका हुन्।

उनले सिधै जनतासँग जोडिने स्वास्थ्य, शिक्षा, सवारी लाइसेन्स, मालपोत राष्ट्रिय परिचय पत्र लगायतका सेवामा अब पनि महिनौं लाम लागेर जनताले सास्ती भोग्नु परेमा सरकार निर्मम भएर कारवाहीमा उत्रिने चेतावनी दिएका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना