चिकित्सक संघ निर्वाचन : १७ एजेन्डासहित लोकतान्त्रिक समूहले सार्वजनिक गर्यो प्रतिवद्धता पत्र

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा डा अनिल विक्रम कार्की नेतृत्वको लोकतान्त्रिक समूहले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १७ बुँदे प्रमुख एजेन्डासहित आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो।
प्रतिवद्धता पत्रमा चिकित्सकको तलबवृद्धि सहित आर्थिक उन्नतीका लागि थप दबाब सृजना गर्ने, चिकित्सक र उनीहरुकाक परिवारका लागि डेडिकेटेड अस्पतालको निर्माणमा पहल गर्ने, नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त सम्पूर्ण चिकित्सकहरुको सबै प्रकारका बीमा सरकारले नै गरिदिने व्यवस्था ल्याउन पहल गर्ने, वैज्ञानिक ड्यूटी समय निर्धारण र अनिवार्य फोर्स लिभको व्यवस्थाका लागि पहल गर्ने विषय उल्लेख छ। यसैगरी अस्पताल लगायत स्वास्थ्य संस्थाको सुरक्षाका निम्ति छुट्टै स्वास्थ्य सुरक्षा बल बनाउन पहल गर्ने, एजएमए मेडिकल टुरिजम म्युजियम स्थापना गर्ने लगायतका प्रतिवद्धता घोषणा पत्रमा समेटिएका छन्।
लोकतान्त्रिक समूहबाट निर्वाचनमा उम्मेदवारी दिएका सात जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। वरिष्ठ उपाध्यक्ष डा बद्री रिजाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजकमा डा विपेश आचार्य, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजकमा डा नन्दा कुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजकमा डा केशरबहादुर ढकाल, कोषाध्यक्ष डा प्रमोद जोशी, सहकोषाध्यक्ष डा विक्रान्त ढकाल र सहसचिव डा लिजन महर्जन निर्विरोध निर्वाचित भएका हुन्।
अध्यक्षमा डा अनिल विक्रम कार्कीसहित उपाध्यक्ष तथा मधेश प्रदेश संयोजकमा डा निरजकुमार सिंह, उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा प्रकाश बुढाथोकी, उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकमा डा राजन शर्मा र उपाध्यक्ष तथा सुदूरपश्चिम संयोजकमा डा प्रशान्त भट्ट उम्मेदवार हुन्।
त्यसैगरी, महासचिवमा डा सन्जीव तिवारी, सदस्यहरुमा डा अमित रञ्जन मिश्र, डा सिर्जना विष्ट, डा किशोर खत्री, डा मनोर दिन सैयद, डा तेजु सिंह मल्ल र डा योविन कुमार यादव चुनावी मैदानमा छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा