ह्याम्स अस्पतालले गर्यो ५ सय बढी बिरामीको मुटुको चालसम्बन्धी सफल उपचार

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको धुम्बाराहीमा रहेको ह्यम्स अस्पतालमा ५ सय भन्दा बढी बिरामीको मुटुको चाल गडबडी सम्बन्धी रोगको (ईलेक्ट्रोफिजियोलोजिकल र पेसमेकर) द्वारा सफल उपचार गरिएको छ।
५ सय भन्दा बढी बिरामीको मुटुको गडबडी सम्बन्धी सफल उपचार गरेको उपलक्ष्यमा शुक्रबार अस्पताललमा आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष रामशरण भण्डारीले ह्याम्स अस्पतालले छोटो समयमा नै ठूलो संख्यामा धेरै मुटुका चाल गडबडी भएका बिरामीको सेवा गर्न पाएकोमा खुशी व्यक्त गर्दै कार्डियो विभागका विशेषज्ञ चिकित्सकलाई धन्यवाद दिए । उनले विज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी एवम कर्मचारीको अथक प्रयासबाट यो उत्कृष्ट सेवा दिन सकिएको समेत जिकीर गरे ।
यसैगरी कार्यक्रममा अस्पतालका मुटुको चाल गडबडी सम्बन्धी विशेषज्ञ डा रोशन राउतले मुटुको चाल गडबडी सम्बन्धी समस्या भएका बिरामीका लागि सम्पूर्ण उपचार यहीं गर्न सकिने भन्दै छोटो समयमा नै ५ सय भन्दा बढीको उपचार गरिएको बताए ।
कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक डा ज्योतिन्द्र शर्माले उत्कृट टिम, उच्चस्तरीय प्रविधि तथा सर्वसुलभ उपचार खर्चका कारण पनि ह्याम्समा मुटुको सफल उपचार गर्ने बिरामीको संख्या बढेको बताए ।
कार्यक्रममा ५ सय बढीको मुटुको चालसम्बन्धी सफल उपचार भएको उपलक्ष्यमा केक काटेर खुशीयाली मनाइएको थियो ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा