महिला पत्रकारका लागि निःशुल्क क्यान्सर स्क्रिनिङ कार्यक्रम

हेल्थ टिभी अनलाइन \काठमाडौं : महिला पत्रकारहरुका लागि ललितपुरको हरिसिद्धीमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले क्यान्सर सचेतना कार्यक्रम तथा निःशुल्क क्यान्सर स्क्रिनिङ कार्यक्रम आयोजना गर्ने भएको छ ।
समृद्धि फाउण्डेसन नेपालसँगको सहकार्यमा अस्पतालले यही पुस १५ गते शुक्रवार अस्पताल परिसरमा क्यान्सर सचेतना कार्यक्रम तथा क्यान्सर स्क्रिनिङ कार्यक्रम गर्न लागेको हो । फुजिमा ओयल कम्पनी लिमिटेडको सहयोगमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा महिला पत्रकारहरुले स्तन क्यान्सर भए नभएको पत्ता लगाउने मेमोग्राफी र पाठेघरको क्यान्सर पत्ता लगाउने प्याप्प स्मेयर टेस्ट गर्न पाउने छन् ।
साथै यसबाट बच्न के गर्ने भन्ने विषयमा विज्ञ चिकित्सकबाट प्रस्तुती समेत रहने अस्पतालका अध्यक्ष डा सुदीप श्रेष्ठले जनाएका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा