भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा राजु पौडेल

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले चितवनस्थित भरतपुर अस्पताल बिकास समितिको अध्यक्षमा राजु पौडेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पौष ८ गते मन्त्री स्तरीय निर्णय गर्दै अस्पतालको अध्यक्षमा डा पौडेललाई मनोनयन गर्ने निर्णय गरेको हो ।
भरतपुर विकास समिति गठन आदेश २०७६ संशोधित को दफा ३ को उपदफा २ क र स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ती र मनोनयन सम्बन्धी मापदण्ड २०७३ बमोजिम ३ वर्षका लागि पौडेललाई अध्यक्ष पदमा मनोनयन गरिएको हो ।
नवनियुक्त अध्यक्ष पौडेलले आफ्नो ३ वर्षे कार्यकालमा अस्पतालको सुधार र विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा