निवर्तमान स्वास्थ्यमन्त्री खापुङले भने, ‘मेरो कार्यकालमा धेरै उपलब्धी भएको छ’

हेल्थ टिभी अनलाइन \काठमाडौं : निर्वतमान स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले जाँदाजाँदै आफ्नो कार्यकालमा महत्वपूर्ण उपलब्धी भएको दाबी गरेका छन्।
आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै मन्त्री खापुङले आफूले स्वास्थ्य क्षेत्र सुधारका लागि धेरै काम गरेको बताए । उनले कोरोनाको खोपमा पाएको सफलतादेखि आधारभूत अस्पताल बनाउने, हैजा, डेंगु नियन्त्रण गर्ने काम सम्मको आफनो कार्य सफलतामा समावेश गरेका छन्। उनले आफनो कार्यकालमा स्वास्थ्यकर्मी तथा कर्मचारीको सहयोगले आफूले काम गर्न सकेको भन्दै उनीहरुलाई धन्यवाद समेत दिए ।
उनी आजैबाट स्वास्थ्य मन्त्रालयबाट बिदा भएका छन्। उता नयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रीको भने अझै टुंगो लागेको छैन ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा