स्पार्क अस्पतालको सफल उपचार : वृद्धले पाए नयाँ जीवन (भिडियोसहित)

हेल्थ टिभी अनलाइन \ काठमाडौं : रामेछापका ७७ वर्षीय अमरबहादुर मगरलाई डेढ महिनाअघि घरमा बसिरहेका बेला ब्रेन स्ट्रोक भयो । जसले गर्दा उनको देब्रे भाग नचल्ने अवस्थामा पुग्यो । अनुहारको देब्रे भाग पनि बांगो हुन पुग्यो र बोली समेत गुमाए । परिवारले उनलाई तत्कालै त्रिवि शिक्षण अस्पताल पुराए । त्यति बेलासम्म उनको अवस्था निकै नाजुक भइसकेको थियो । शिक्षण अस्पतालमा बेड नपाएपछि केएमसी अस्पताल लगेर दुई साता उपचार गराए । तर उनको शरीर चल्ने र बोली आउने कुनै छाँटकाँट देखिएन । अस्पतालले उपचारपछि अब फिजियोथेरापी गराउन सक्ने भन्दै घर लैजान सल्लाह दिए । तर छोरालाई यस्तो अवस्थाको बुवालाई कसरी घर लाने भनेर ठूलो चिन्ता पर्यो ।
उनले प्यारालाइसिसका बिरामीको फिजियोथेरापी गरेर निको हुन्छ भन्ने सुनेका थिए । उनी यस्तै अस्पतालको खोजी गर्न थाले । यसै क्रममा उनलाई कसैले आफूलाई यस्ता बिरामीको लागि स्पार्क अस्पताल राम्रो छ भनेको सम्झिए र सोधखोज गर्दै बुवालाई कालिमाटीस्थित स्पार्क हेल्थ हाेम अस्पताल लिएर गए । यो कार्तिक २० गतेको कुरा हो । जब उनले बुवालाई स्पार्कमा भर्ना गर्न ल्याएका थिए त्यसबेला अमरबहादुरको शरीर चल्दैनथ्यो भने बोली पनि प्रस्ट थिएन। उनी सम्पूर्ण रुपमा अरुमा निर्भर थिए ।
भर्ना गरे लगत्तै उनको उपचार सुरु भयो स्पार्क अस्पतालमा जुन अस्पतालले उनी जस्ता हजारौं बिरामीलाई नयाँ जीवन दिइसकेको छ । उपचारपछि यति यति छिटो सुधार आउला भन्ने नसोचेको बताउँछिन उनको उपचारमा संलग्न फिजियोथेरापिस्ट डा रुबि अमात्य । अस्पतालमा फिजियोथेरापी, मसाज, अकुपञ्चर, विभिन्न खालका इलेक्ट्रो मोडालिटी तथा न्यूरो रिह्याब प्याकेज सुरु गरियो । उनमा एक सातामा नै सुधार आउन थाल्यो । यो वृद्ध उमेरमा के कस्तो हुने हो भनेर निराश बनेका परिवारमा केहीा आशा जगायो ।
वृद्ध अवस्थामा प्यारालाइसिस हुँदा सुधार हुन निकै समय लाग्ने भए पनि उनमा देखिएको सुधार अचम्मकै भएको बताउँछिन डा रुबी । दुई साताको उपचारमा त उनी आफै उठेर हिंड्न सक्ने मात्र हैन ट्रेड मिलमा दोडिन पनि सक्षम भएका छन्। यस्तो सुधार कमै मात्रामा हुने चिकित्सकको भनाई छ । सामान्यतया प्यारालाइसिसका बिरामीलाई पुरानै अवस्थामा फर्काउन त्यो पनि वृद्ध अवस्थामा कम्तीमा पनि ६ महिना देखि १ वर्ष लाग्ने गरेको पाइन्छ । तर अमरबहादुरमा यति छिटै देखिएको सुधारले उनको परिवार मात्र हैन प्यारालाइसिसका बिरामीलाई घरमा लगेर यत्तिकै राख्न हुँदैन उनीहरु पनि आफनो दैनिकी आफै गर्न सक्ने हुन सक्छन सही उपचार पाएमा भन्ने सन्देश दिएको छ ।
स्पार्क अस्पतालले यी वृद्धको स्वास्थ्यमा सुधार ल्याएर उनलाई नयाँ जीवन मात्र दिएन । अब पूर्ण ठीक हुनेमा आश मारेका वृद्धको परिवारमा नयाँ उमंग दिएको छ ।
स्पार्क अस्पताल विगत ३० वर्षदेखि हाडजोर्नीको समस्या भएका, नशा च्यापिएका प्यारालाइसिस, हड्डी खिइएका, गर्धन, कम्मर दुखाई, भएका लगायतका बिरामीको सेवामा समर्पित रहेको छ । जसले अमरबहादुर जस्ता हजारौं बिरामीलाई नयाँ जीवन दिन सफल भएको छ ।
भिडियो हेरौं :
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै