Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

संक्रमितको उपचारमा खटिएकी नर्स भन्छिन्,- मेरो एउटै प्रार्थना हुन्छ सबै संक्रमितलाई निको बनाएर पठाउन सकुँ

संक्रमितको उपचारमा खटिएकी नर्स भन्छिन्,- मेरो एउटै प्रार्थना हुन्छ सबै संक्रमितलाई निको बनाएर पठाउन सकुँ

 अस्मिता ढकाल

यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन तीब्र रुपमा बढिरहेको छ । पछिल्लो समय कोरोना पुष्टि हुने अधिकांश संक्रमितलाई अक्सिजनको सपोर्ट चाहिएको देखिन्छ । जसले गर्दा धेरै जना अस्पताल भर्ना हुनु परेको छ । कोरोनाको पहिलो र दोस्रो दुवै लहरमा संक्रमितको उपचारमा खटिएकी त्रिवि शिक्षण अस्पतालकी नर्स अस्मिता ढकालको अनुभव नर्सका कुरामा-

म कोरोना महामारी शुर भएदेखि नै कोरोना संक्रमितहरुको उपचारमा खटिैदै आएकी छु । पहिलो लहरमा धेरै जना संक्रमितलाई अक्सिजन र आइसीयू चाहिएको थिएन तर अहिले परिस्थिती फरक छ । अहिले संक्रमितले बाँच्नका लागि अक्सिजन माग गरिरहेका छन्। धेरै नै गाह्रो अवस्था छ अस्पतालमा । पहिलो लहरमा बिस्तारै संक्रमित कम भएपछि अब त महामारी सकियो भनेर सोचेकी थिएँ । तर फेरी महामारीले उग्र रुप लिन थालेको छ । बिरामी अस्पतालमा धेरै जटिल अवस्थामा आइरहेका छन्।

यो अवस्थामा हामीलाई काम गर्न पनि निकै गाह्रो छ । एकातिर आफै संक्रमणमा परिने हो की भन्ने डर अर्कोतिर संक्रमितको अवस्थामा सुधार नहुँदा धेरै नै तनाव हुन्छ ।
हामी यो कोरोना महामारीको युद्धमा काम गर्न सधै तयार नै छौं । हामी चाहिएको बेला काम गर्नेपर्छ । तर पनि निकै मानसिक तनाव हुँदोरहेछ । घरमा स साना बच्चा छोडेर आउने म जस्ता नर्सलाई त झनै गाह्रो हुन्छ । तर पनि हामी दिनरात नभनी काम गरिरहेका छौं । अस्पतालमा पसेदेखि नै एउटै प्रार्थना हुन्छ सबै निको भएर जाउन। तर सधैं त्यस्तो हुँदैन । कयौं संक्रमितको आफनै अगाडी ज्यान जान्छ । त्यसबेला साहैै मन रुन्छ । आफन्तलाई के भन्ने भइरहन्छ । अस्पतालमा साँच्चिकै अवस्था भयावह छ । बाँच्नकै लागि संक्रमितले कयौं प्रयासहरु गरिरहेका छन्। अक्सिजनको अभाव जताततै छ । यसको कारण पनि संक्रमितलाई झन गाह्रो भएको छ ।

पहिलेको तुलनामा हामीलाई पनि कामको लोड असाध्यै धेरै छ । यो गर्माीमा १२ \१४ घण्टासम्म पनि पीपीई लगाएर काम गरिरहेका छौ एउटै आशमा बिरामी ठीक भएर जान सकुन भन्ने । बिरामीलाई बाँच्नका लागि गरेको संघर्ष हेर्दा लाग्छ मर्न पनि सजिलो कहाँ छ र ? उनीहरुको दुख कष्ट हेरेर कहिलेकार्ही त आफ्नै आँखाबाट आँसु आउँछ।

म सबैलाई के आग्रह गर्न चाहन्छु भने अस्पतालमा आएर उपचार गराउन सजिलो छैन् । यो रोगले असाध्यै दुख दिएको आफनै आँखाले देखेकी छु । त्यसैले तपाइँहरु घरभित्रै बसिदिनुस्। मास्क लगाउने, दूरी कायम गर्ने गर्नुस्। रोग लागिसकेपछि उपचारका लागि भौतारिनु भन्दा केही समयका लागि मन नलागे पनि घरमै बस्नु्स्। यसले तपाइँलाई सुरक्षित त बनाउँछ नै हामीलाई पनि कामको लोड कम हुन्छ र सेवा दिन सजिलो हुन्छ ।

(ढकाल त्रिवि शिक्षण अस्पताल महाराजगंजकी स्टाफ नर्स हुन्।)

 

 

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार