विषाक्त रसायन भेटिएपछि ५ कम्पनीलाई स्यानिटाइजर उत्पादनमा प्रतिबन्ध

हेल्थ टिभी अनलाइन \काठमाडौं : औषधि व्यवस्था विभागले ५ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ ।
विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो ।
बजारमा बिक्रीवितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसाउन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागले जनाएको छ ।
यसरी विषाक्त रसायन मिसाउने उद्योगहरुमा सिता हर्बल प्रडक्ट सुनसरी, मकालु जडीबुटी उद्योग धरान,सुनिमा आयुर्वेद कम्पनी विराटनगर, एमके हर्वल इन्डस्ट्री ललितपुर र ग्यालेक्सी डेन्टल एन्ड सर्जिकल प्रालि रहेका छन्। यसभन्दा अघि पनि विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरेको भन्दै केही कम्पनीलाई उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।
विषाक्त रसायन मिसाइएको स्यानिटाइजरले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञहरुले बताउँदै आएका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा