२८ हजार संक्रमितमध्ये २५ हजार भन्दा बढी होम आइसोलेसनमा, आईसीयू पाउन अझै मुश्किल

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हाल देशभर २८ हजार १०६ सक्रिय संक्रमित रहेका छन्। तर ती मध्ये २५ हजार ३४७ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारसम्मको तथ्यांक अनुसार देशभर रहेका २८ हजार १०६ सक्रिय संक्रमितमध्ये २५ हजार ३४७ जना होम आइसोलेसनमा रहेका हुन्।
यसरी ठूलो संख्यामा संक्रमित घरमै बस्दा समेत सरकारलाई कोरोना संक्रमितको उपचारमा बेड नपाउने, आइसीयू र भेन्टिलेटरको अभाव हुने भइरहेको छ । ती सबै संक्रमितलाई अस्पतालमा राख्नु पर्यो भने के होला भन्दै विज्ञहरुले चिन्ता व्यक्त गर्दै आएका छन्। सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुन भन्छन्, संक्रमित मध्ये ५ प्रतिशतलाई मात्र कडा लक्षण दखिन सक्छ त्यसैले सबै जना अस्पतालमै आउनुपर्छ भन्ने त छैन्। तर सरकारले भने सबैका लागि तयारी चाहिं गर्नुपर्छ । एकैचोटी धेरैमा समस्या आएमा के गर्ने प्लानिङ हुन जरुरी छ उनले थपे ।
पछिल्लो समय कडा लक्षण सहितका संक्रमित थपिन थालेपछि अस्पतालहरुमा आइसीयू र भेन्टिलेटर पाउनै मुश्किल बन्दै आएको छ । कतिपय संक्रमितले बेड नपाएका कारण अस्पताल डुलाउँदा डुलाउँदै ज्यान समेत गुमाउन पुगेका छन्।
सरकारले आइसीयू बेड संख्या गनेर यति खाली छ भनेर तथ्यांक दिने गरेको भए पनि व्यवहारिक रुपमा आईसीयू पाउन सर्वसाधारणलाई निकै गाहो छ । यसको ज्वलन्त उदाहरणका लागि त्रिवि शक्षण अस्पतालमा कर्मचारी हुन् । उनले आफनै अस्पतालमा उपचारका लागि आईसीयू नपाउँदा ज्यान गुमाउनु परेको २ साता पनि पुगेको छैन्।
हाल देशभर ३२६ जना आईसीयूमा र ५२ जना भेन्टिलेटरमा रहेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा