Health TV Online
Health TV Online
Health TV Online

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२७६ पुग्यो

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२७६ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएसँगै यसबाट मृत्यु हुनेको संख्या १२७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर शुन्य दशमलब ६ प्रतिशत रहेको छ भने यसबाट निको हुने दर ८६ दशमलब ३ प्रतिशत रहेको छ ।

यसैगरी आज २१०३ जना नयाँ संक्रमित थपिएका छन् भने २८५८ जना संक्रमित निको भएका छन्। नेपालमा हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।

पछिल्लो समय कोरोना संक्रमणबाट हुने मृत्यु बढिरहेको पाइन्छ । विज्ञहरुले चिसो मौसममा कोरोना भाइरस अझ बढी सक्रिय हुने बताउँदै आएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना