Health TV Online
Health TV Online
Health TV Online

पोखरामा उपचाररत स्याङ्जाका ४६ वर्षीय कोरोना संक्रमितको मृत्यु

पोखरामा उपचाररत स्याङ्जाका ४६ वर्षीय कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक जना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।

स्याङ्जा पुतलीबजार १३ का ४६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

कार्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई त्यसपछि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था खराब हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको भए पनि उनलाई कोरोना भाइरसको संक्रमणका कारण कडा निमोनिया देखिएको र त्यसबाट मृत्यु भएको जनाइएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२७ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना