५०२ जना कोरोना संक्रमित थपिए, २८७८ जना डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ५०२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका हुुन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७६ पुगेको छ ।
यी मध्ये १ लाख ७९ हजार २४२ जना संक्रमित निको भइसकेका छन्। आजसम्म देशभर ३० हजार ९८६ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा २८७८ जना निको भएको मन्त्रालयले जनाएको छ ।
उता देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ४७ पुगेको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा