Health TV Online
Health TV Online
Health TV Online

भेरी अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

भेरी अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \बाँके : बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका वडा नं १५ का ७५ वर्षीय संक्रमित पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार कार्तिक २६ गते स्वास्थ्यमा समस्या भएर नेपालगंज मेडिकल कलेज भर्ना भएका र कोरोना पुष्टि भएपछि २७ गते भेरी अस्पतालमा सारिएको थियो ।

मुटुका रोगी रहेका उनको स्वास्थ्य अवस्था खराब हुँदै गएर आज उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । बाँकेमा अन्य जिल्लाबाट आएर ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना