Health TV Online
Health TV Online
Health TV Online

ईशान बाल अस्पतालका अध्यक्ष डा नारायण बहादुर थापाको कोरोना संक्रमणबाट मृत्यु

ईशान बाल अस्पतालका अध्यक्ष डा नारायण बहादुर थापाको कोरोना संक्रमणबाट मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालका अध्यक्ष डा नारायण बहादुर थापाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

अस्पतालका संस्थापक सदस्य समेत रहेका थापाको हिजो राती मेडिसिटी अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको ईशान अस्पतालका निर्देशक डा आरपी चौधरीले जनाएका छन्। १० दिनदेखि कोरोना संक्रमणमा परेर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारमा रहेका उनको आइतबार राती मृत्यु भएको हो ।

बाल शल्य चिकित्सामा महत्वपूर्ण भूमिका निभाएका ८० वर्षीय वरिष्ठ बाल शल्य चिकित्सक डा थापा नेपाल बर्न सोसाइटीका समेत अध्यक्ष हुन्। आजै अर्का चिकित्सक वरिष्ठ मुटुरोग विशेषज्ञ डा सुनिल झाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । सरकारले यी दुबै डाक्टरको मृत्युबाट देशलाई ठूलो क्षति पुगेको भन्दै विज्ञप्ति जारी गरेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना